कोलम्बियाको एमाजन जंगलमा एक महिनाभन्दा बढी समय पछि बेपत्ता बालबालिका जिउदै फेला

इनेप्लिज २०८० जेठ २७ गते १:४९ मा प्रकाशित

कोलम्बियाको एमाजन जंगलमा एक महिनाभन्दा बढी समयपछि बेपत्ता बालबालिका जिउदै फेला परेका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल मार्फत तस्बिर साँझा गर्दै भनेका छन्, “पूरा देशका लागि खुशीको कुरा ! ४० दिन अघि कोलम्बियाको जङ्गलमा हराएका चार बालबालिका जीवितै देखिए।”

राष्ट्रपति पेट्रोका अनुसार एक महिनाभन्दा बढी समय एमाजन जङ्गलमा घुमफिर गरेको चार जना बालबालिका जीवितै भेटिएका छन् । ”पेट्रोले शुक्रबार ट्वीट गरेको एउटा तस्विरमा संलग्न भएका खोजी टोलीले जंगल सफा गर्ने क्रममा बालबालिकाको उपचार गरिरहेको देखिन्छ ।

तस्बिरमा डरलाग्दो देखिएका बालबालिकालाई चिकित्सकले मूल्याङ्कन गरि उपचारका लागि बाहिर निकालिने बताईएको छ ।

१३ बर्षिय लेस्ली ज्याकोबम्बेयर मुकुटुय, ९ बर्षिय सोलेनी ज्याकोबम्बेयर मुकुटुय , ४ बर्षिय टिएन रानोक मुकुटुय , शिशु क्रिस्टिन रानोक मुकुटुय मे १ मा जंगलमा फसेका थिए । उनीहरु एक घातक विमान दुर्घटनाबाट बचेका हुन् ।

तिनीहरूकी आमा, म्याग्डालेना मुकुटुय भ्यालेन्सिया, दुई अन्य वयस्क यात्रुहरू सहित दुर्घटनामा मारिएका थिए । गहिरो जङ्गलमा बालबालिकाहरू बेपत्ता हुनुले एक सय भन्दा बढी कोलम्बियाली विशेष बलहरू र ७० भन्दा बढी आदिवासी स्काउटहरू क्षेत्रको खोजीमा संलग्न सैन्य नेतृत्वको विशाल खोज अभियानलाई बढाएको थियो।

खोजी टोलीले बिगत हप्ताहरू सम्म खोजीले खुट्टाको छाप, फोहोर टालो (डायपर) र सिसी लगायतका चित्तबुझ्दो सुरागहरू मात्र फेला पारेका थिए ।

“चमत्कार नभए सम्म हामीले उनीहरूलाई खोज्न छोडेनौं,” कोलम्बियाको रक्षा मन्त्रालयले ट्वीट गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

शुक्रबार साँझ एक पत्रकार सम्मेलनको क्रममा पेट्रोले बच्चाहरूले तत्काल चिकित्सा मूल्याङ्कन र उपचार पाउनेछन । उनले शनिबार उनीहरूसँग कुरा गर्ने आशा गरेको बताए ।

प्रतिक्रिया