चीन र रुसले संयुक्त सैन्य अभ्यास गर्ने

इनेप्लिज २०८० जेठ २६ गते ११:५६ मा प्रकाशित

चीन र रुसले संयुक्त सैन्य अभ्यासको योजना बनाएका छन । चीन र रुसले यस वर्ष फेरि संयुक्त सैन्य अभ्यास गर्ने दुबै पक्षका शीर्ष सेना प्रमुखहरूले शुक्रबार बसेको परोक्ष (भर्चुअल )बैठकमा पुष्टि गरेको चीनको रक्षा मन्त्रालयले जनाएको छ।

चीनको केन्द्रीय सैन्य आयोगको संयुक्त कर्मचारी विभागका प्रमुखले रुसी सशस्त्र सेनाका प्रमुख भ्यालेरी गेरासिमोभसँग अङ्कियदृश्य (भिडियो )बैठक गरेका छन्।

चीनको रक्षा मन्त्रालयले भन्यो, “दुई राष्ट्र प्रमुखको सहमतिलाई कार्यान्वयन गर्न र दुई सेनाबीचको सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गर्न भेटवार्ता भएको हो”।

जुन ६ मा चीन र रुसले पूर्वी सागर भनेर चिनिने जापान सागरमा संयुक्त वायुसेना अभ्यास गरेका थिए।

प्रतिक्रिया