वर्गीकृत कागजात अनुसन्धानको सिलसिलामा ट्रम्प मायामीको अदालतमा मंगलबार हाजिर हुने र आफू निर्दोष रहेको दाबी

इनेप्लिज २०८० जेठ २६ गते ०:२३ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई मायामीको अदालतमा मंगलबार हाजिर हुन बोलाइएको र आफू निर्दोष रहेको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा उनलाई मायामीको संघीय अदालतमा मंगलबार दिउँसो ३ स्थानीय समय अनुसार बोलाइएको प्रकाशन गरेका छन् ।

आफ्नो सामाजिक संजालमा प्रकाशन गरेको बिज्ञप्तिमा ट्रम्पले वर्गीकृत कागजात अनुसन्धानमा उनको अभियोग पछि देशको लागि “कालो दिन” भनि संज्ञा दिएका छन् ।

“म एक निर्दोष मानिस हुँ!” ट्रम्पले बिहीबार वक्तव्यमा भनेका छन ।

प्रतिक्रिया