फ्रान्सको उच्च पर्वतीय क्षेत्रमा छुरा प्रहारबाट बालबालिकासहित ८ जना घाइते

इनेप्लिज २०८० जेठ २५ गते १०:४९ मा प्रकाशित

फ्रान्सको उच्च पर्वतीय क्षेत्रमा छुरा प्रहारबाट बालबालिकासहित ८ जना घाइते भएको गृहमन्त्रीले बताएका छन् । फ्रान्सेली आल्प्स(उच्च पर्वतीय क्षेत्र )मा बिहीबार बिहान छुरा प्रहारबाट बालबालिकासहित आठ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

आक्रमण स्थानीय समय अनुसार बिहान ९:४५ बजे “एनेसीको शहरको केन्द्रमा भएको स्थानीय प्रिफेक्चरका प्रवक्ताले एबीसी न्यूजलाई बताए।

एक संदिग्धलाई तुरुन्तै पक्राउ गरिएको छ भने हाल प्रहरी हिरासतमा राखिएको प्रवक्ताले भने।

फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले ट्वीटरमा भने, “एनेसी(उच्च पर्वतीय क्षेत्र)को चौकमा चक्कुसहित एक व्यक्तिले बालबालिकासहित धेरै व्यक्तिलाई घाइते बनाएको छ।”

स्थानीय प्रान्तका अनुसार पीडितहरूको स्वास्थ्य स्थिति र उनीहरुको उमेर जारी गरिएको छैन।

एनेसी फ्रान्सेली सिमाना नजिकै पर्दछ भने जेनेभा, स्विट्जरल्याण्डबाट करिब २० माईल दक्षिणमा अवस्थित छ । पर्यटकहरू ऐतिहासिक मध्यकालीन शहरको केन्द्रमा नहरको छेउमा घुम्न आउने गरेको स्थानीय पर्यटन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया