अध्यावधिक गरिएको : भर्जिनियाको रिचमण्डको उच्च माध्यमिकको स्नातक समारोहमा भएको गोली काण्डमा २ जनाको मृत्यु ,७ जनालाई गोली प्रहार

इनेप्लिज २०८० जेठ २४ गते १०:४७ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको भर्जिनिया राज्यको राजधानी रिचमण्डमा भएको उच्च माध्यमिक बिद्यालय (हाईस्कूल)को स्नातक समारोह बाहिर भएको गोली काण्डमा २ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा ७ जनालाई गोली प्रहार गरिएको थियो ।

गत मङ्गलबार साँझ एक नाट्यशाला (थिएटर) बाहिर जहाँ उच्च विद्यालयको स्नातक समारोहको आयोजना गरिएको थियो जहाँ सात जनालाई गोली लागेको रिचमण्डका अन्तरिम प्रहरी प्रमुख रिक एडवर्ड्सले बताएका थिए । त्यहाँ सयौंमा उपस्थित रहेकाहरु चिच्याउदै ,रुदै आफ्ना बच्चाहरूसंग भागेका थिए ।

प्रहरीले एक १९ वर्षीय संदिग्ध पैदल भाग्न खोजेका तर उसलाई गिरफ्तार गरिएको बताएका छन् । उक्त संदिग्धलाई दोश्रो श्रेणीको हत्याको दुई गणनाको आरोप लगाइने अन्तरिम रिचमन्ड प्रहरी प्रमुख रिक एडवर्ड्सले राती गरिएको समयको पत्रकार सम्मेलनमा भने । उनले दुई जनाको मृत्युको पुष्टि गरे।

भर्जिनिया राज्यको राजधानी शहरको स्वामित्वमा रहेको अल्ट्रिया थिएटर(नाट्यशाला) बाहिर बन्दुकधारीले गोली चलाउँदा अन्य पाँच जना घाइते भएका थिए।

तर प्रहरीका अनुसार कम्तिमा पनि भागाभाग र अन्य चोटपटक लागेका सहित १२ जना घाइते भएका छन् । गोली हानाहान भए पछि स्नातक समारोह रद्द गरिएको स्टेनलीले भने। मंगलबार अल्ट्रिया नाट्यशाला (थिएटर)मा तीन विद्यालयहरूको लागि स्नातक समारोह तय गरिएको थियो।

प्रतिक्रिया