न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी राष्ट्रपतिमा उठ्ने घोषणा ,ट्रम्पसँग भिड्ने

इनेप्लिज २०८० जेठ २४ गते १:४२ मा प्रकाशित

न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी राष्ट्रपतिमा उठ्ने घोषणा गरेका छन् । क्रिस्टीले मंगलबार न्यु ह्याम्पशायरमा राष्ट्रपतिको लागि उम्मेदारीको घोषणा गरेका हुन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी समेत रहेका क्रिस्टी अब ट्रम्पसँग भिड्ने भएका छन ।

“म तपाईहरुलाई सफलताको प्रत्याभूति (ग्यारेन्टी) दिन सक्दिन, तर म तपाइँहरुलाई प्रत्याभूति (ग्यारेन्टी )दिन सक्छु कि यसको अन्त्यमा, तपाईहरुको दिमागमा म को हुँ र म के को लागी उठेको छु र म यसको योग्य छु कि छैन भनेर तपाईहरुको दिमागमा कुनै शंका हुने छैन,” क्रिस्टीले भने।

“त्यसैले म सेन्ट एन्सेल्ममा फर्किएँ, र त्यसैकारण म म्यानचेस्टरमा फर्किएँ, र यसैले म २०२४ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि रिपब्लिकन मनोनयन खोज्न चाहन्छु भनि तपाईहरु सबैलाई भन्न न्यू ह्याम्पशायर फर्किएको छु। र ,म तपाईहरुको समर्थन चाहन्छु, “पूर्व गभर्नरले थपे।

उनले मंगलबार बिहान संघीय निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया