अफगानिस्तानमा भएको सवारी साधन बम विस्फोटमा स्थानीय अधिकारी र चालकको मृत्यु ,१० जना घाइते

इनेप्लिज २०८० जेठ २३ गते ११:१२ मा प्रकाशित

अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा भएको सानो सवारी साधन (कार )बम विस्फोटमा स्थानीय अधिकारी र उनका चालकको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् ।

अफगानिस्तानको उत्तरपूर्वी भागमा मंगलबार भएको कार बम विस्फोटमा एक प्रान्तीय उप गभर्नर र उनका चालकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

विस्फोटमा परी १० जना घाइते समेत भएका छन् । बदख्सान प्रान्तको फैजाबाद शहरमा भएको बम विष्फोटको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।

उप (डेपुटी )गभर्नर, मोल्वी निसार अहमद अहमदी, विस्फोटमा घाइते भएका थिए र केही समय पछि स्थानीय अस्पतालमा मृत्यु भएको बदख्सानका सांस्कृतिक निर्देशक मोजुद्दीन अहमदीले बताए ।

गत डिसेम्बरमा सवारी साधन (कार )बम आक्रमणमा बदख्सानका प्रहरी प्रमुख काममा जाँदै गर्दा मारिएका थिए भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया