अमेरिकाको आयोवामा भत्किएको भवनबाट २ बाकि रहेका बेपत्ता भएका पुरुषहरुको शव फेला

इनेप्लिज २०८० जेठ २३ गते ०:२९ मा प्रकाशित

अमेरिकाको आयोवा राज्यको डेभेनपोर्टमा भत्किएको भवनबाट २ बाकि रहेका बेपत्ता भएका पुरुषहरुको शव फेला परको छ । भत्किएको आयोवा भवनमा बेपत्ता बासिन्दाको शव फेला परेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले सोमबार घोषणा गर्दै भवन निवासी ५१ वर्षीय रायन हिचककको शव आइतबार दिउँसो १२ः२५ बजे भेटिएको थियो । त्यस्तै गरि ६० वर्षीय डेनियल प्रिनको शव सोमबार बिहान २:३० बजे भेटिएको अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए।

४२ वर्षीय ब्रान्डन कोल्भिनको शव शनिबार भेटिएको थियो। तीनै जना पुरुष भत्किएको क्षेत्रमा रहेको आवासगृह (अपार्टमेन्ट)मा बस्थे। तीनै जनाको शव परीक्षण गरिने अधिकारीहरूले भने।

अब अन्य कोही बेपत्ता भएको विश्वास नगरिएको अधिकारीहरूले पत्रकार सम्मेलनमा भने । गत मे २८ मा भत्किएको छ तले भवनमा एक दर्जनभन्दा बढी मानिसले खाली गरेका थिए भने २४ घण्टापछि थप आठ जनाको उद्धार गरिएको थियो ।

मे २९ का दिन अधिकारीहरूले कोही हराइरहेको कुनै विश्वसनीय जानकारी नभएको बताएका थिए । अर्को दिन बाँकी संरचना भत्काउने योजनाको साथ अगाडि बढ्ने बताए पछि त्यो रात उद्धारकर्ताहरूले नवौं व्यक्तिलाई भित्र जीवित भेट्टाएका थिए र चौथो तलाको झ्यालबाट बाहिर निकालेका थिए ।

गत बिहीबार अधिकारीहरूले तीन बासिन्दाहरू कोल्भिन, हिचकक र प्रिन हराइरहेको घोषणा गरेका थिए ।

तस्बिर कृतज्ञता : डेभेनपोर्ट प्रहरी बिभाग

प्रतिक्रिया