कोलोराडोमा नेपाली भाषा पाठशालाका कक्षाहरू शुरू 

नातिबाबु भट्ट कोलोराडो, अमेरीका २०८० जेठ २२ गते १:४५ मा प्रकाशित

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका
जुन ४, २०२३

कोलोराडोमा रहेका नेपाली मूलका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिको ज्ञान दिने उद्देश्यले कोलोराडोको दुई शहरहरूमा नेपाली भाषा पाठशालाका कक्षाहरू शुरू भएका छन् ।

यहा स्थित नर्थग्लेन र अरोरामा नेपाली भाषा पाठशालाका कक्षाहरू आरम्भ गरिएको हो । हरेक शनिबार दुई घण्टा संचालन गरिने उक्त कक्षाहरू जून ३ तारिखदेखि सेप्टेम्बर ३० तारिखसम्म संचालन हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताएका छन् ।

नर्थग्लेन र अरोरा गरेर १०० जना विद्यार्थीहरू पाठशालामा भर्ना भएका छन् । पाठशालाको संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले स्थानीय संघ संस्थाहरू र समुदाय सँग मिलेर गरिरहेको अध्यक्ष सिटौलाले बताएका छन् ।

प्रतिक्रिया