पाकिस्तानमा भएको आक्रमणको जिम्मेवारी तालिवानले लियो ,२ सैनिक र २ आतङ्ककारीको मृत्यु

इनेप्लिज २०८० जेठ २१ गते १३:४२ मा प्रकाशित

पेशावर, पाकिस्तान – पाकिस्तानी तालिबान अर्थात् टीटीपीले उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणको जिम्मेवारी लिएको छ जसमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ।

सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार आतंकवादीहरूले शनिबार साँझ खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा सुरक्षा चौकीमा गोली हानेका थिए ।

पाकिस्तानी सेनासँग गोली हानाहान भएको थियो। आक्रमणमा संलग्न आतंककारीहरुको खोजी कार्य जारी रहेको एबिसीन्यूजले जनाएको छ ।

टीटीपीका प्रवक्ता मोहम्मद खोरासानीले आफ्नो आधिकारिक संजालस्थल (वेबसाइ)टमा एक विज्ञप्तिमा समूहले पाकिस्तानी तालिवानको अर्को गुट हाफिज गुल बहादुर समूहसँग मिलेर “संयुक्त आक्रमण” गरेको जनाएको छ । लडाकु समूहले टीटीपीबाट आफूलाई टाढा राख्दै स्वतन्त्र रूपमा आक्रमणहरू गरिरहेको छ।

पाकिस्तानी तालिबान एक अलग समूह हो तर अफगानिस्तान तालिबानसँग गठबन्धन गरेको रहेको छ ।

प्रतिक्रिया