क्यानडाको क्युबेकमा माछा मार्ने क्रममा ज्वारभाटामा परेर ४ बालबालिकाको मृत्यु

इनेप्लिज २०८० जेठ २० गते २१:२३ मा प्रकाशित

क्यानडाको क्युबेकमा माछा मार्ने क्रममा ज्वारभाटामा परेर ४ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान क्युबेकको समुद्र तटमा चार बालबालिका अनुत्तरदायी फेला परेका थिए र पछि माछा मार्ने यात्रामा रहेका मानिसहरूको समूह ज्वारभाटामा समातिए पछि मृत घोषित गरिएको प्रहरीले बताए ।

क्युबेक प्रान्तीय प्रहरीका प्रवक्ताले सिएनएनलाई बताए अनुसार आपतकालिन प्रतिक्रियाकर्ताहरूलाई शनिबार बिहान २ बजे उत्तरी किनारमा रहेको नदी किनारको नगरपालिका पोर्टनेउफ-सुर-मेरमा बोलाइएको थियो।

माछा मार्ने क्रममा पैदल हिडेकालाई ज्वारभाटाले समातेकोले ११ जना बेपत्ता भएको प्रवक्ताले बताए । ती ११ जनामध्ये ६ जनाको उद्धार गरिएको थियो भने पाँच जना रातभरी बेपत्ता रहेको उनले बताए।

बिहान ६ बजेतिर १० वर्षभन्दा माथिका चारजना बालबालिका अनुत्तरदायी अवस्थामा फेला परेको र अस्पताल पठाइएको प्रवक्ताले बताए । प्रहरीले पछि बालबालिकाको मृत्यु भएको पुष्टि गरेको थियो ।

क्युबेक प्रान्तीय प्रहरीका अनुसार ३० वर्षका एक व्यक्ति अझै बेपत्ता छन् र गोताखोर, डुङ्गा र उदग्र्बिमान (हेलिकप्टर)बाट उनको खोजी भइरहेको छ।

क्युबेक प्रान्तीय प्रहरीले घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको प्रवक्ताले भने।

प्रतिक्रिया