बाल्टिमोरमा बाना कप भलिवल अन्तरराज्य प्रतियोगिता हुदै ,कूल १६ खेल टोली सहभागी

इनेप्लिज २०८० जेठ २० गते १८:३४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना)ले तेश्रो अन्तरराज्य भलिवल प्रतियोगिता गर्ने भएको छ ।

बिगत बर्षहरुमा अत्यन्तै सफलताको साथ सम्पन्न गर्न सफल भएको बानाले उक्त प्रतियोगीतालाई निरन्तरता दिएको छ ।

प्रतियोगिता आगामी जुन १० र ११ का दिन हुनेछ ।

प्रतियोगिताको लागि टेक्सस,पेन्सिलभेनिया,न्यूयोर्क,ओहायो र भर्जिनियाका र मेरील्याण्डका खेल टोलीहरुले सहभागिता जनाउने भएका छन् ।

तेस्रो बाना कप अन्तरराज्य भलिवलमा प्रतियोगितामा १६ वटा पुरुष खेल टोली रहेका छन। गत बर्ष महिला भलिवल प्रतियोगिताको समेत आयोजना गरिएकोले गत शुक्रबार सम्म १६ वटा पुरुष खेल टोलीले मात्र नाम दर्ता गराएका छन् । गत शुक्रबार सम्म कुनै पनि महिला भलिवल टोलीले दर्ता नगराएको र आगामी बुधबार सम्म दर्ता गर्न सकिने आयोजकले बताएका छन।

मेरिल्याण्डमा आयोजना हुने भएकोले सबैभन्दा ज्यादा मेरिल्याण्ड राज्यबाटै ज्यादा खेलटोलीहरु रहेका छन् । बिजेताटोलीले ५ हजार ५ सय ५५ डलर तथा उप बिजेता टोलीले ३ हजार ३ सय ३३ डलर प्राप्त गर्नेछन् ।

कार्यक्रम स्थल गत बर्ष मै आयोजना गरिएको स्थान 8221 Preston Ct, Jessup, MD 20794 मा प्रतियोगिता हुने भएको छ ।

प्रतिक्रिया