वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ नयाँ गीत सार्वजनिक

इनेप्लिज २०८० जेठ २० गते ०:१८ मा प्रकाशित

वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ नयाँ गीत सार्वजनिक भएको छ। केही समय देखि नेपाल भ्रमणको क्रममा अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका समेत रहनु भएका महाबाणिज्यदुत तथा वरिष्ठ लोकगायकले नेपाल गएको समयमा ‘घर हम्रा हुम्ला जुम्लामा नामक अङ्कियदृश्य (भिडियो )सार्वजनिक गर्नु भएको छ ।

शुक्रबार आफ्नै युट्युबमार्फत् आफ्नै शब्द र संगीतमा तयार भएको गीत अङ्कियदृश्य सहित सार्वजनिक गर्नुभएको हो। उक्त नयाँ गीतमा शान्तिश्री परियारको पनि स्वर रहेको छ। यो गीतको लागि जुम्लाका विकट पहाडी क्षेत्रमा छायांकन गरिएको छ।

छायांकन गर्दै स्वयम गायकले सामाजिक संजालमा तस्बिरहरु निरन्तर प्रकाशन गर्दै आउनु भएको थियो ।

सङ्गीत अङ्कियदृश्य (म्युजिक भिडियो)मा गायक महतसंग रीना थापा मगरले अभिनय गर्नु भएको छ। प्रेमराजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको अङ्कियदृश्य (भिडियो)को छायांकन मानकृष्ण महर्जनले गर्नुभएको हो।

सम्पादनमा मिराज अर्याल र रिमा फिल्म्सले गरेको हो भने रङ्ग संयोजन राजेन्द्र मोक्तानले गर्नुभएको हो।

घर हम्रा हुम्ला जुम्लामा नामक गीतका निर्माताहरुमा अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गिर्वाणविक्रम भण्डारी र गौरिका भण्डारी हुनु हुन्छ।

प्रतिक्रिया