असंवैधानिक गतिविधि गर्ने देशद्रोही संग सावधान बनौं

इनेप्लिज २०८० जेठ १९ गते २२:३९ मा प्रकाशित

खगेन्द्र अधिकारी, ग्रेटर वासिंटन, डि.सी. “पुष्प कमल अनि मतियारहरुको इशारामा रामचंद्रको वर्तमान नागरिकता विधेयक प्रमाणिकरण नेपाली जनहितको बिपरित भयो”।

सरल अनि लप्पनछप्पन नजान्ने र जनताको रुचिलाई ध्यान दिने नेता लोकतांत्रिक र प्रजातांत्रिक हुन सक्छ। आफ्ना पूर्वजले स्थापना गरेको पहिचान कायम राख्दै मातृभूमिको अस्तित्व र राष्ट्रियतालाई बचाउँन योगदान दिने देशभक्त र स्वाभिमानी व्यक्तित्वको रूपमा समाजमा भएका कुरीति र ब्यतिथिहरुलाई आममान्छेले बुझ्न सक्ने गरि रुपान्तरण गर्न ईच्छा राख्ने नेतृत्व नै सबैको लागि उपलब्धिमुलक हुनेछ भन्ने हाम्रो सार्वजनिक बुझाई अनि ठम्याई पनि छ।

यथोचित रुपमा जनमानस बाट सम्मान त्यो व्यक्तिलाई प्राप्त हुन्छ जसले उपरोक्त बिचारहरुमा आधारित भएर जन-उपलब्धिमुल सोचमा जनतालाई हित हुने सेवा प्रदान गर्न आवश्यक ठानेर गतिशील हुँदै समाजमा उदाहरण बनेर उद्देश्य मुताबिक़ जवाबदेही बन्न सक्षम हुन्छ। तर जनतालाई वास्तविकता र बिस्वास महसूस हुन सक्ने गरि हाम्रो नेपालमा विद्यमान अवस्थामा यस प्रकारका सोचमा आधारित राजनेता नभएकोले मुलुकले धन्दुकारी, षड्यंत्रकारी, बेबिचारी, चाटुकारी र देश द्रोही खलनायकहरुको बर्चस्व भएकाले देश र ईमानदार दुनियाले दु:ख पाईरहेको अवस्था जुन- घाम जत्तीकै छर्लंग छ।

कुनै न कुनै बहानाले रक्षात्मक खेल खेल्ने क़सम खाँदै देश र जनहितको बिस्वास प्रति बर्बरतापूर्ण रुपमा भक्षकको भूमिकामा नै तल्लीन भएर कमजोर मानसिकता प्रति घृणित र घटिया हुँदै हैंजाले तहस नहस गरे झैं समाजमा सरुवा रोग फैलिए जस्तै यि कुटिलहरु मुलुक हाक्ने चालक बनेकाले रामचंद्र, पुष्प कमल र यिनका मतियारहरुबाट कुनै असली निशानाको जोहो हुन नसक्ने स्थिति निश्चय नै सत्य हो भनेर सकारात्मक दृष्टिकोण बाट बुझाई एकिन गर्दा अतिवादी बनिन्न भन्नेमा दुईमत हुँदैन भन्ने पनि लागेको छ ।

यो हाम्रो बिस्वास हो।यसको ज्वलन्त उदाहरणको लागि देश र देशभक्त नेपाली जनतालाई उपलब्धिमुलक हुँन नसकेर नेपालको संवैधानिक मान्यता, क़ानूनी हैसियत र सच्चाईको मान्यता र सहि अर्थमा मृत्यु भै सकेको नागरिकता विधेयकलाई कुमार्ग बाट, संचालन भै रहेको सार्वभौम संसदलाई छलेर छापामार शैलीमा हुकूमी मान्यताबाट प्रमाणित र लालमोहर छापको दुरुपयोग गरेको विद्यमान अवस्थालाई जोडबल गर्दा अत्युक्ति नहोला भन्ने हामीलाई महसूस भएको छ।

उपरोक्त सम्बन्धमा नेपाली जनतालाई सचेत हुन अनुरोध गर्दै उत्तरोत्तर रुपमा राष्ट्रिय भावनाको कदर गर्न सम्बंधित सबैमा आग्रग समेत गर्न आवश्यक हुनेछ भनेर साझा साथै सकारात्मक दृष्टिकोण र सोचलाई सार्वजनिक गरेको व्यहोरा जाहेर गर्दछौं। देश द्रोही संग आबद्ध होईन सावधान रहनु हामी सबैको लागि हितकारी हुनेछ भन्ने हाम्रो साझा र सार्वजनिक बिस्वास सधैं अटल रहने छ भन्नेमा हामी बिस्वास गर्दछौं।

नेपालमा हालै भएको प्रधानमंत्री (मंत्री परिषद) र राष्ट्रपति संलग्न नेपाली नागरिकता प्रकरणको सन्दर्भमा श्री पुष्प कमल दाहाल र श्री रामचंद्र पौडेलले जघन्य प्रकारको राष्ट्रघाती अपराध गरे।

संघिय सांसदहरुलाई थाहाँ पत्तै नदिई नागरिकता सम्बंधि विधेयक कसरी राष्ट्रपतिबाट स्वीकृत अर्थात् प्रमाणिकरण (लालमोहर छाप लगाउने) कार्य सम्पन्न भयो?

विद्यमान नेपालको संविधानलाई जानाजान धोती लगाउँदै पूर्ण रुपमा संबिधानको उल्लंघन गरेर देश घाती र जघन्य अपराध युक्त काम भएकाले निजहरु उपर अदालति बन्दोबस्त द्वारा क़ानूनी कार्यवाही हुँन जरुरी छ।यस प्रकारका राज्य द्रोही परिघटना उपर देशभक्त स्वदेशी एवं मातृभूमि प्रिय प्रवासी नेपाली जनता स्वयं स्वत: स्फ्रुत सचेत हुन जरुरी हुनेछ।

देशभक्त स्वदेशी र मातृभूमि प्रिय प्रवासी नेपाली जनताको लागि यो प्रकरण कुनै उपलब्धि हैन, नेपालको स्वाधीनता र अस्तित्वलाइ संकटमा पारेर एन.आर.एन.का झिना-मसिना,साना-तिना व्यक्तिगत फाइदा लिनु कुनै पनि तुक र उपलब्धि हुने छैन।

एन.आर.एन. का व्यक्तिगत हक-अधिकारलाई हवाला दिदै कुनियत र कुदृष्टिलाई बेतुकमा भजाएर आफ्नै मातृभूमि अर्थात् आफ्नो देशलाइ फिजीकरण, सिक्किमीकरण र भुटानिकरणमा लगिदै छ। एउटा स्वतन्त्र अस्तित्व भएको मातृभूमि नेपालको नागरिकताको पूर्ण बंशजको अधिकारलाई हामी (एन.आर.एन.) ले खोजेको हो, आवश्यक ठानेको हो।

पुष्प कमल दहाल, रामचंद्र पौडेल र अन्य निकम्मा बाट भएको राष्ट्र अधर्म र बर्बरतापूर्ण राष्ट्रघातलाई हाम्रो अति ऐतिहासिक उपलब्धि हो भन्दै नेपालका लेंदुपेहरुको वेहकुफी हर्कतमा साथ दिन प्रबाशी र नेपालमा रहेका नेपालीहरुलाई यसरि गुमराहमा पार्न नखोजेकै राम्रो हुनेछ। प्रवासी मुलुक बाट कुनै पनि अभियन्ताको नाममा नांगो घृणित खोल ओडेर नक्कलि आडम्बर स्वीकार गर्दै विद्यमान परिस्थितिमा विदेशी मुलुक बाट फुर्ती गर्दै असम्बंधित र क्रुर अपराधी उपलब्धि हासिल गरेको सन्दर्भरहित नौटंकी प्रति फुर्कनु पर्ने आवश्यकता र जरुरि छैन।

निकम्माहरुबाट भएको यस देश घाती निर्णायक भूमिका प्रति सम्पूर्ण देशभक्त र मातृभूमि प्रिय नेपाली र प्रवासी जनताहरु यस प्रकारका घृणित अपराधिक गतिविधि सम्बन्धमा पूर्ण रूपमा सचेत हुन अनुरोध गर्दै यिनिहरु संग आबद्ध नरहन आग्रह गरिएको व्यहोरा सार्वजनिक छापा मार्फत संप्रेषित गरिएको छ। आगे आपकी मर्ज़ी, अस्तु।

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया