युक्रेनी वायु प्रतिरक्षाले कीभमा ३० वटा क्षेप्यास्त्र र मानव रहित यान खसालेको दाबी

इनेप्लिज २०८० जेठ १९ गते ११:३० मा प्रकाशित

युक्रेनी हवाई रक्षाले कीभमा ३० वटा क्षेप्यास्त्र र मानव रहित यान खसालेको अधिकारीले बताएका छन् ।

युक्रेनी वायु प्रतिरक्षाले शुक्रबार राति कीभ वरपर ३० वटा क्षेप्यास्त्र (मिसाइल )र मानव रहित यान (ड्रोन)हरू खसालेको, एक वरिष्ठ सैन्य अधिकारीले भने।

कीभको सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले शुक्रबार टेलिग्राम पोस्टमा पछिल्लो छ दिनमा युक्रेनको राजधानीमा आक्रमणको छैटौं लहर भएको बताए ।

पछिल्लो आक्रमणमा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )र मानवरहित यान (ड्रोन) दुवै प्रयोग गरिएको पोप्कोले बताए। उनले हावाबाट सतहमा मार हान्ने क्षेप्यास्त्र र इरानले बनाएका शाहेद आक्रमण मानवरहित यान (ड्रोन)लाई खसाउने युक्रेनको वायु रक्षा प्रणालीको प्रशंसा गरे।

क्षति वा हताहतको बारेमा कुनै जानकारी उपलब्ध नभएको पोप्कोले भने।

यसअघि शुक्रबार,श]हरका नगर प्रमुखले शहरमा विष्फोट भएको जानकारी दिएका थिए । र ,देशभर हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो।

प्रतिक्रिया