एटलान्टा बिद्यालय बाहिर दिक्षान्त भोज ( ग्राजुएसन पार्टी )पछि गोली चल्दा किशोरीको मृत्यु, एक घाइते

इनेप्लिज २०८० जेठ १५ गते ११:४४ मा प्रकाशित

अमेरिकाको एटलान्टा राज्यको एक उच्च बिद्यालय (हाईस्कूल )बाहिर आयोजना गरिएको एक दिक्षान्त भोज (ग्रेजुएसन पार्टी) मा सुरु भएको झडपपछि आइतबार बिहान एक किशोरीलाई गोली लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

एटलान्टा प्रहरी विभागक अनुसार उक्त घटना बेन्जामिन ई. मेस हाई स्कूल नजिकै बिहान २:२७ मा गोली प्रहार भए पछि धेरै व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा आइपुगेपछि अधिकारीहरूले एक १६ वर्षीय किशोरीलाई फेला पारे जो गम्भीर रूपमा घाइते भएका थिए। उनलाई अस्पताल लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको समाचार एबिसी न्यूजले प्रकाशित गरेको छ ।

फुल्टन काउन्टी चिकित्सा परीक्षकको कार्यालयले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार घटनामा ब्रेसिया पावेल नामक किशोरीको मृत्यु भएको पुष्टि गरेको छ।

सोही घटनाबाट गोली लागेर घाइते भएका १६ वर्षीय किशोर आफै अस्पतालमा गएर जाँच गरेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य स्थिती स्थिर अवस्थामा रहेको छ । अनुसन्धानको लागि एटलान्टा प्रहरीलाई जिम्मा दिएको अधिकारीहरू र बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया