भुटानी शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न रास्वपाको माग

इनेप्लिज २०८० जेठ १२ गते १:४२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने उसको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । जारी प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।

यहाँ विश्वासको वातावरण बन्द भएको छ । कसलाई विश्वास गर्ने ? दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै उनले नाम मुछिएका सबैलाई छानविनको दायरामा ल्याउन माग गरे ।

भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भनेको प्रसंग जोड्दै लामिछानेले नाम मुछिएकाहरु सबैलाई सोधपुछसमेत नगरेको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया