रक एन्ड रोलकी रानी भनेर चिनिने प्रसिद्ध गायिका टिना टर्नरको ८३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले उनको निधन भएको विज्ञप्तिमा मार्फत घोषणा गरेको छ ।
टर्नरको बुधवार स्विट्जरल्याण्डको ज्युरिच नजिकैको कुस्नाचस्थित उनको घरमा निधन भएको हो । परिवारले दुख व्यक्त गर्दै संसारले एक संगीतको ख्यातीप्राप्त कलाकार र एक अनुकरणीय व्यक्ति गुमाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
टर्नर १९६० र १९७० दशककी प्रख्यात कलाकार थिइन् । उनका धेरै आर एन्ड बी गीतहरु चर्चित रहेका थिए । लामो समय टर्नर एक बिश्व चर्चित कलाकार थिइन् भने उनि एमटिभीको नेतृत्व समेत गरेकी थिइन् ।
उनी सन् १९३९ मा अमेरिकाको मेम्फिसको उत्तरमा रहेको ग्रामीण समुदाय टेनेसीको नटबस नजिकै गरिब किसानको घर जन्मिएकी थिइन् । उनले पछि आफ्नो आत्मकथात्मक नामक गीत, “नटबस सिटी लिमिट्स” मा उनले प्रसिद्धि कमाएकी थिइन् । उनले आफ्नो बुबाआमा छुट्टिएपछि आफ्नो हजुरआमासँग समय बिताएका थिइन्।
उनका चर्चित गीतहरुमा अ फुल इन लभ -१९६० ,इट्स गोना वर्क आउट फाइन -१९६१ ,रिभर डिप ,माउन्टेन हाइ -१९६६ ,प्राउड म्यारी -१९७१ ,एसिड क्विन -१९७५ ,प्राइभेट डान्सर -१९८४ लगायत गीतहरु रहेका छन् ।
प्रतिक्रिया