तामाङ्ग सोसाइटी अफ ग्रेटर वासिंगटनले बार्षिक ग्रीष्म बनभोजको आयोजना गर्दै

इनेप्लिज २०८० जेठ १० गते १:२५ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित सक्रिय तामाङ्ग सोसाइटी अफ ग्रेटर वासिंगटनले बार्षिक ग्रीष्मकालिन बनभोजको आयोजना गर्ने भएको छ ।

समाजले दिएको जानकारी अनुसार आगामी जुन महिनाको २५ का दिन आइतबार मनाउने भएको छ । संस्थाका महासचिव रोजी तामाङ्गले दिएको जानकारी अनुसार उक्त दिन बिहान ११ बजे देखि साँझ ५ बजे संचालन हुने छ ।

उनले कार्यक्रम स्थल ब्लाक हिल रिजनल पार्क मेरिल्याण्डमा हुने बताइन । साथै उक्त बनभोजमा कुर्सी,कम्बल ,किटाणु नाशक फोहोरा (बग स्प्रे ) नृत्य जुत्ता आदी समेत ल्याउन अनुरोध गरिएको छ ।

यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली समुदायलाई सहभागी हुन् आह्वान समेत गरिएको छ ।

स्थान : black hill regional park ,shelter I ,20930 LAKE RIDGE DR ,BOYDS ,MARYLAND 20841

प्रतिक्रिया