मे २२,२०२३ उडसाईड न्युयोर्क।
आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा युवाउद्यमी एवं समाजसेवी तथा सोलुखुम्बुकाने.का. नेता प्रकाश सिहं कार्कीलाई स्वागत गरीयो। वहाँलाई फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमीरेले कार्यालयमा स्वागत गर्दै खादा लगाई सम्मान गर्नुभएको थियो।सो अवसरमा फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्रअधिकारी,कार्यसमिति सदस्यहरू सुर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री र ध्रुव कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो।
यसैगरी सो अवसरमा काभ्रेका युवा नेता, समाजसेवी एवं उद्यमी रामवावु पन्त, युनाईटेड शेर्पा एसोसिएशन अमेरिकाका निवर्तमानअध्यक्ष श्रीमति छिरीगं शेर्पा, मकवानपुर युवा नेता बिरेन्द्र मानन्धर, समाजसेवि श्याम कार्की, फाउण्डेशनकै सदस्य द्वय राजीब कुमार बतास, पासागं शेर्पा लगायत विभिन्न संस्थाका पदाधिकारी महानुभावहरू उपस्थित हुनुहुन्थ्यो।
सो छलफलमा बोल्दै नेता कार्कीले विश्वव्यापी राजनीतिक, सामाजिक र आर्थिक परिवेश दिनानुदिन बदलीईरहेको र समयको आजकोमाग प्रविधी सहितको आधुनिक विकास हो र सोकालागी नेपाल सरकार र अन्तर्राष्ट्रीय क्षेत्रवाटपनी व्यापक पहल गरीनुपर्नेमा जोडदिनुभयो।वहाँले स्वर्गीय गिरीजावावुको स्मरण गर्दै भन्नुभयो,गिरीजावावुले भन्ने गर्नुहुन्थ्यो नेपाल गाउँनै गाउँले भरीएको देश हो र गाउँको विकास गर्न सकेमानै देशको विकास हुनसक्ने धारणा राख्नुभयो।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वहाँलाई स्वगत गर्न पाउँदा अत्यन्त खुशी लागेको र वहाँ जस्तो बुझेको युवा नेता एवं उद्यमीलेअवका दिनहरूमा ठोस रुपमा युवाको मन जीतेर स्थलगत मागको सम्बोधन गराउन सबै सरकारी र गैर सरकारी निकायको उचीत परीचालन गरीनुपर्ने र फाउन्डेशनले प्रवासबाट पनि यथा सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो।
युनाईटेड शेर्पा एशोसीएसनकी पुर्व अध्यक्ष एवं महिला नेतृ छिरींग शेर्पाले आफु हिमाली भेकमा हुर्के बढेकी छोरी भएको र जनताका दुखकष्ट निवारणका लागी आधारभूत तहबाटै जनतालाई आवश्यक सेवा सुवीधा दिईनुपर्ने र यस्का लागी आफु पनि लागीपर्ने कुरामा जोडदिनुभयो।
सोही अवसरमा बोल्दै युवा नेता एवं समाजसेवी रामवावु पन्तले नेपालमा विकासमा पनि राजनिती हावी भएको र सोको यथाशीघ्र अन्त्य गरीनुपर्नेमा जोड दिनुभयो।फाउन्डेशनका कार्यसमिति सदस्य सुर्य सिंखडाले आफुहरू प्रवासबाट नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भनी चिन्तित रहेको र उचित वातावरण भएमा तन मन र धनले सहयोग गर्न सदैव तत्पर रहेकोमा जोड दिनुभयो।यसैगरी कार्यसमिति सदस्य प्रेम अधिकारी क्षेत्रीले नेपालमा विकासका सम्भावना भएको तर पहिचान गरी कामगर्न ढीलासुस्ती भएकोमा चीन्ता जाहेरगर्नुभयो।कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले नेपाल सानो देश छ, तर यसमा शासकले चाहेमा विकासमा फड्कोमार्न समय नलाग्नेविश्वास व्यक्त गर्नुभयो।
अन्त्यमा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वहाँहरूको व्यस्त समयका बाबजुदपनी फाउन्डेशनको कार्यालयमा उपस्थित भै नेपाल र नेपालीको पक्षमा आफ्ना धारणा राखी विकास निर्माणमा पहल गरीदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा साथै अगाडीवढ्ने विश्वासका साथ उपस्थित सबैमा धन्यवाद दिनुहुँदै कार्यक्रमको समापन गरीएको थियो।
प्रतिक्रिया