मेरील्याण्डका दुई दिदीबहिनीहरू तीन दिनको फरकमा बेपत्ता

इनेप्लिज २०८० जेठ ८ गते ११:१३ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड राज्यको रकभिल शहरका दुई दिदीबहिनीहरू तीन दिनको फरकमा बेपत्ता भएको मोन्टगोमेरी काउन्टी प्रहरी बिभागले बताएको छ ।

प्रहरीका अनुसार १४ वर्षीय जिब्रेयाह ज्याक्सनलाई अन्तिम पटक मंगलबार बिहान ८ बजे देखिएकी थिइन् । उनी लगभग ५ फिट ३ इन्च अग्लो र १५० पाउन्ड तौल भएकी छिन् । लामो खैरो कपाल र खैरो आँखा भएको मोन्टगोमेरी काउन्टी प्रहरी बिभागले जनाएको छ ।

यसैगरी १३ वर्षीया जायोनाह ज्याक्सनलाई अन्तिम पटक गत शुक्रबार बिहान ८ बजे देखिएकी थिइन् । उनी लगभग ४ फिट ११ इन्च अग्लो र १२० पाउन्ड तौल रहेकी छिन्। उनको पनि लामो खैरो कपाल र खैरो आँखा छ भनि प्रहरीले सूचना जारी गरेको छ ।

दुवैलाई अन्तिम पटक मेरिल्याण्ड राज्य कै १३०० घर संख्याको प्रथम गल्ली( फस्ट स्ट्रिट )देखिएको थियो । उनीहरुको परिवार उनीहरु बेपत्ता भए पछि चिन्तित रहेका छन् भनि एनबिसीवाशिंगटनले सामाचारमा उल्लेख गरेको छ ।

तस्बिर कृतज्ञता : मोन्टगोमेरी काउन्टी प्रहरी

प्रतिक्रिया