रुसले अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा ,सिएनएनका पत्रकार सहित ५०० अमेरिकी नागरिकलाई रुसमा प्रतिबन्ध लगाएको छ ।
सिएनएनले जनाए अनुसार अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, सिएनएनका स्टीफन कोल्बर्ट र सीएनएनका एरिन बर्नेट सहित ५०० अमेरिकीहरूलाई रुसले आफ्नो देश प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।
रुसले शुक्रबार घोषणा गर्दै “जो बाइडेन प्रशासनले लगाएको नियमित रुस विरोधी प्रतिबन्धको प्रतिक्रियामा ५०० अमेरिकीहरू सहित अमेरिकी कार्यकारी शक्तिका धेरै प्रमुख व्यक्तित्वहरूलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाइएको रुसको विदेश मन्त्रालयको एक विज्ञप्तिमा जनाईएको छ ।
सूचीमा ओबामा, पूर्व अमेरिकी राजदूत जोन हन्ट्सम्यान, धेरै अमेरिकी सिनेटरहरू लगायत समावेश छन्।
प्रतिक्रिया