एक वरिष्ठ चिनियाँ अधिकारीद्वारा युक्रेनको दुई दिने भ्रमण पूरा

इनेप्लिज २०८० जेठ ४ गते १:३१ मा प्रकाशित

एक वरिष्ठ चिनियाँ अधिकारीले युक्रेनको दुईदिने भ्रमण पूरा गरेको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक संजालस्थल (वेबसाइट)मा युरेशियन मामिलाका लागि चीनका विशेष प्रतिनिधि ली हुइले मे १६ देखि १७ सम्म युक्रेनको भ्रमण गरेको जनाएको छ।

“राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र राष्ट्रपति सी जिनपिङबीच अप्रिल २६ मा भएको दूरवार्ता (टेलिफोन )कुराकानीका क्रममा भएको सहमति अनुसार यो यात्रा गरिएको हो,” भनि जनाईएको छ ।

लीले विदेश मामिला मन्त्री डिमिट्रो कुलेबासँग भेट गरे, तर मन्त्रालयले युक्रेनी राष्ट्रपतिलाई पनि भेटे गरे या गरेनन भनि बताएको छैन भनि सिएनएनले समाचार लेखेको छ ।

बैठकको क्रममा पक्षहरूले युक्रेन र चीन बीचको सहकार्यको विषयगत मुद्दाहरू द्विपक्षीय स्तरमा र अन्तर्राष्ट्रिय संगठनहरूमा छलफल गरे, साथै रुसी आक्रामकतालाई रोक्ने उपायहरूबारे छलफल गरेको मन्त्रालयले थप विवरणहरू प्रदान गरेको छ।

कुलेबाले “युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मानमा आधारित दिगो र न्यायपूर्ण शान्ति पुनर्स्थापना” गर्ने कुरा गरेको बताइएको छ।

प्रतिक्रिया