धेरै हत्यामा संलग्न फरार रहेका एक संदिग्ध अभियुक्त पक्राउ

इनेप्लिज २०८० जेठ ३ गते १६:५५ मा प्रकाशित

धेरै हत्यामा संलग्न फरार रबेका एक संदिग्ध अभियुक्तलाई फिलाडेल्फियाका अधिकारीहरूले बुधवार बिहान पुनः कब्जामा लिएका छन ।

त्यो क्षेत्रको जेलबाट भागेको लगभग १० दिन पछि पक्राउ गरिएको हो।

डिसेम्बर २०२० र मार्च २०२१ को बीचमा ४ व्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा १८ वर्षीय अमिन हर्स्टले यस महिनाको सुरुमा फिलाडेल्फिया औद्योगिक सुधार केन्द्रबाट बारको प्वाल काटेर बाहिर निस्किएका थिए ।

हर्स्टलाई बुधबार कुनै घटना बिना नै पक्राउ गरिएको फिलाडेल्फियाका प्रहरी आयुक्त डेनियल आउटलले ट्वीटमा पुष्टि गरे।

प्रतिक्रिया