अमेरिकाको न्यू मेक्सिकोमा गोली चल्दा ३ जनाको मृत्यु, ६ घाइते: प्रहरी

इनेप्लिज २०८० जेठ २ गते १०:५० मा प्रकाशित

अमेरिकाको न्यू मेक्सिकोको फार्मिङ्टनमा एक संदिग्ध व्यक्तिले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने दुई अधिकारीसहित छ जना घाइते भएका छन । अधिकारीहरुले कथित बन्दुकधारीलाई गोली हाने पछि उनको मृत्यु भएको प्रहरीले सोमबार बताए ।

प्रहरीले संदिग्ध १८ वर्षको भएको भन्दै उक्त व्यक्तिले एआर शैलीको राइफल बन्दुक सहित कम्तीमा तीनवटा विभिन्न हतियार चलाएको फार्मिङ्टनका प्रहरी प्रमुख स्टिभ हेब्बेले सोमबार राति एक अङ्कीयदृश्य (भिडियो )सन्देशमा भने। उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

फार्मिङ्टन प्रहरी विभागले बिहान १०:५७ बजे डस्टिन एभिन्यू(मार्ग) र उटे स्ट्रीट (गल्ली)नजिकै १८ वर्षीय संदिग्ध व्यक्तिले गोली चलाएको बताएको छ।

जब प्रहरी अधिकारीहरू आइपुगे, उनीहरूले “अराजक दृश्य” देखे र संदिग्धले छिमेकमा गोली हानेको फार्मिङ्टन प्रहरी विभागका उपप्रमुख, बारिक क्रमले सोमबार पत्रकारहरूलाई भने।

संदिग्ध एक चौथाई माइल सम्म छिमेकमा घुमेको र अनियमित रूपमा गोली चलाउनको लागि प्रवेश गर्यो,” हेब्बेले कम्तिमा छ वटा घर र तीन कारमा गोली हानेको बताए ।

चार अधिकारीहरूले संदिग्धलाई गोली हान्नमा संलग्न भए र अन्त्यमा संदिग्ध मारिए। घाइते भएका दुई अधिकारीहरू, एक फार्मिङ्टन प्रहरी विभागका र एक न्यू मेक्सिको राज्य प्रहरीहरु सान जुआन क्षेत्रीय चिकित्सा केन्द्र (मेडिकल सेन्टर)मा लगिएको र स्थिर अवस्थामा रहेको बताईएको छ ।

प्रहरीका अनुसार दिउँसो १:०५ बजे स्थानीय समय अनुसार तालाबन्दी हटाइएको थियो ।

प्रतिक्रिया