फ्रान्स युक्रेनी लडाकु विमानचालकहरूलाई प्रशिक्षण दिन खुला छ : म्याक्रोन

इनेप्लिज २०८० जेठ १ गते २३:३२ मा प्रकाशित

फ्रान्स युक्रेनी लडाकु विमानचालक(पाइलट)हरूलाई प्रशिक्षण दिन खुला छ, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार फ्रान्सेली प्रसारक टिएफ१ सँगको एक अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आइतवार साँझ भेटे पछि भने।

“हामीले लडाकु विमानचालक(पाइलट)हरूलाई प्रशिक्षण दिने ढोका खोलेका छौं,” म्याक्रोनले भने। “प्रशिक्षण तुरुन्तै सुरु हुन सक्छ।”

फ्रान्सले युक्रेनमा लडाकु विमान पठाउने हो कि भनेर राखेको जिज्ञाशामा म्याक्रोनले उनि “बिमान ” को बारेमा कुरा नगरेको बरु “क्षेप्यास्त्र” र “प्रशिक्षण” को बारेमा कुरा गरेको बताए ।

“हामी युक्रेनबाट रूसी माटोमा पुग्न सक्ने हतियारहरू प्रदान गर्दैनौं ,” म्याक्रोनले भने।

प्रतिक्रिया