अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा बिगत ३० बर्ष भन्दा अगाडी देखि बस्दै आएकी नेपाली मूलकी सामाजिक अभियन्ता प्रभा भट्टराई देउजाले गरेको समुदायलाई पुर्याएको नि:स्वार्थ र नि:सर्त समाज सेवाको कारण स्थानीय ,राज्य र संघीय सरकारमा समेत उनि बिस्तारै स्थापित हुदै आई रहेकी छिन ।
अमेरिका नेपाल सोसाइटीको नेतृत्व लिए पछि र कोरोना महामारीको अवधिमा उनले नेपाली समुदाय र अमेरिकी स्थानीय देखि संघीय सरकारसँग संस्थाको तर्फबाट गरेको साझेदारी र योगदानको कारण प्रभालाई काउन्टी ,स्थानीय सरकार र राज्यसरकारले समेत सक्रिय सामाजिक अभियन्ताको रुपमा ग्रहण गरेको छ । उनको पहिचान हुन् थालेको छ ।
१४ बर्षको उमेरमा अमेरिका आएकी उनले नेपाली समुदायलाई थुप्रै योगदान दिएकी छिन । अमेरिकामा बिद्यालय देखि नै अध्ययन गरेकी उनले काउन्टी देखि स्थानीय सरकारका विभागहरुमा काम गर्ने अवसर पाएकोले त्यहाँबाट नेपाली समुदायलाई कसरी फाइदा दिलाउन सकिन्छ भनि समुदायलाई निरन्तर सेवा पुर्याई रहेकी छिन । समाज सेवामा मज्जा र आनन्दको अनुभूति हुने ईनेप्लिजलाई बताइन ।
नि:स्वार्थ र नि:सर्त रुपले नेपाली समुदाय गरेको कामले आत्मसन्तुष्ट हुनुको साथै अझ उत्साहित भएको बताइन। हालसालै भर्जिनियाको आर्लिंगटन काउन्टीको कर्मचारी श्रोत समुदाय ,एसियन हेरिटेज एलाइन्सको मुख्य वक्ता समेत बन्ने अवसर पाइन् । उनले त्यहाँ नेपालको पहिचान बारे प्रकाश पार्ने ठूलो अवसर भएकोले नेपाली मुलकी भएकोले गौरव लागेको ईनेप्लिजलाई भनिन ।
उनले आफूले नेपालबाट अमेरिकामा बसोबास गर्ने मेरो कथा साझा गर्ने मौका पाएँको बताइन । साथै एएपिआई हेरिटेज महिना मनाउनको लागि आर्लिंगटन काउन्टीलाई धन्यवाद समेत दिएकी छिन ।
फेयरफ्याक्स काउन्टीकी बहुसांस्कृतिक सल्लाहकार परिषद्की सदस्य तथा टेन्डर हार्ट्स फाउन्डेसनकी संस्थापक प्रभा भट्टराई देउजा समुदायको आवश्यकता पर्दा तत्काल कदम चाल्नका लागि परिचित छिन् भनि काउन्टीमा उनको चर्चा हुनुको साथै लेख समेत प्रकाशित भएको छ ।
लेखमा प्रभाको स्थानीय समुदायका हजारौं मानिसहरूसँग सम्पर्क रहेको जनाएको छ । उनले कोभिड-१९ को मारामारीमा गरेको योगदानको खुलेर प्रशंसा समेत गरेको छ ।
उनी स्वास्थ्य विभाग र अन्य फेयरफ्याक्स काउन्टी र सामुदायिक स्रोतहरूसँग नजिकबाट काम गर्छिन् । फेयरफ्याक्स काउन्टी स्वास्थ्य विभागका सामुदायिक स्वास्थ्य विशेषज्ञ जेनिफर चुओङले “घरेलु हिंसाका पीडितहरूका लागि वकालत र समर्थनदेखि लिएर मानिसहरूलाई अत्यावश्यक चिकित्सा आपूर्तिहरू उपलब्ध गराउन, प्रभाले सधैं आफ्नो समुदायलाई मद्दत गर्ने बाटो खोज्छिन्।” भनि प्रसंशा गरेकी छिन ।
उनि घरेलु हिंसा र अन्य समुदायलाई आवस्यक पर्ने विषयहरूमा समेत दिल खोलेर काम गर्न रुचाउछिन । उनि अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष पदमा हुँदा काउन्टी र राज्यबाट कहिले हुन् नसकेका काम समेत गर्न सफल भएकी छिन ।
उनले यसरी नै नेपाली समुदायलाई सेवा गर्ने भावना जागी रहोस ! ईनेप्लिजको तर्फबाट उत्तरोतर प्रगतिको कामना !
प्रतिक्रिया