होन्डुरसका एक १७ वर्षीय आप्रवासी किशोर जो आमाबाबु अर्थात् अभिभावक बिना अमेरिका आइपुगेका थिए ।
यस हप्ता फ्लोरिडामा सरकारी हिरासतमा उनको मृत्यु भएको छ । अधिकारीहरूले शुक्रबार दुई महिनामा दोस्रो यस्तो मृत्यु भएको बताएका छन ।
होन्डुरसका विदेश मामिला सचिव एनरिक रेइनाले किशोर एन्जेल एडुआर्डो माराडियागा एस्पिनोजाको भएको जनाएका छन । उनको मृत्युको “विस्तृत अनुसन्धान” गर्न आग्रह गरे।
रेइनाका अनुसार एस्पिनोजा सेफ्टी हार्बर, फ्लोरिडा, टेम्पाको पश्चिममा एउटा सानो शहरमा साथ नभएका बालबालिकहरुसॅग बस्ने आश्रयस्थलमा बसोबास गर्थे ।
अमेरिकी स्वास्थ्य र मानव सेवा विभागले एक विज्ञप्तिमा मृत्युलाई स्वीकार गरेको छ भने परिस्थितिहरूको बारेमा केही विवरणहरू प्रदान गरेको छ भनि सिएबिएस समाचारले उल्लेख गरेको छ ।
“[विभाग] यस दुखद क्षतिबाट गहिरो दुःखी छ र हामी परिवाकसॅग सम्पर्कमा छौं,” सॅस्था( एजेन्सी)ले बिज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया