इलोन मस्कले ट्वीटरको नयाँ प्रमुख कार्यकारी अधिकारी (सीईओ) छाने, मस्कले केही साताभित्रै राजीनामा दिने

इनेप्लिज २०८० वैशाख २९ गते १०:४८ मा प्रकाशित

बिश्व कै प्रसिद्ध सामाजिक संजाल ट्वीटरका वर्तमान प्रमुख इलोन मस्कले ट्वीटरको नयाँ प्रमुख कार्यकारी अधिकारी (सीईओ) मा अर्का एक व्यक्तिलाई छानेको बताएका छन् । साथै मस्कले केही साताभित्रै राजीनामा दिने बताए ।

करिब छ हप्ता भित्र पदबाट राजीनामा दिने योजना बनाएको बिश्व कै अर्बपति उद्यमी मस्कले गत बिहीबार भने।

टेस्ला र स्पेस एक्स चलाउने मस्कले प्रमुख कार्यकारीको पहिचान खुलाएनन्। तर उनले उनी कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारीको भूमिकामा परिवर्तन गर्ने योजनामा रहेको बताए । उनी “उत्पादनको निरीक्षण” मा ध्यान केन्द्रित रहने एबिसी समाचारले आफ्नो समाचारमा जनाएको छ ।

गत डिसेम्बरमा मस्कले ट्वीटरको प्रमुखको पद छोड्ने वाचा गरेको केही महिना पछि यो घोषणा आएको हो । अक्टोबरमा ट्विटर लिए पछि मस्कले सँस्था र यसको मंचमा ठूलो परिवर्तन गरे।

लागत घटाउने प्रयासमा उनले आफ्नो ७,५०० कार्यबलको लगभग ७५ % कटौती गरे ।

प्रतिक्रिया