अमेरिकाकै उत्कृष्ट बिश्वबिद्यालय मध्ये कै क्यालिफोर्नियाको प्रसिद्ध युसि डेभिस विश्वविद्यालयका पूर्व बिद्यार्थीलाई छुरा प्रहारको शृङ्खलाबद्ध काण्डमा पक्राउ गरिएको छ ।
२१ बर्षीय पूर्व युसि डेभिसका विद्यार्थी परिसर नजिकै छुरा प्रहारको शृङ्खलाबद्ध रूपमा पक्राउ परेको प्रहरीले बताए ।
क्यालिफोर्निया विश्वविद्यालय ,डेभिसका पूर्व विद्यार्थीलाई पाँच दिनको अवधिमा बिश्वबिद्यालय हाता नजिकै तीनवटा छुरा प्रहार गरेको आरोपमा पक्राउ गरिएको हो । जसमा दुई व्यक्तिको मृत्यु भएको छ भने समुदायहरु डराएको नगर प्रहरी प्रमुखले बिहीबार भने।
२१ वर्षीय कार्लोस डोमिन्गुएजलाई हत्या र हत्या प्रयासको एउटा मुद्दामा पक्राउ गरिएको डेभिसका प्रहरी प्रमुख ड्यारेन पाइटेलले बिहीबार पत्रकार सम्मेलनमा बताए।
पछिल्लो आक्रमण गत सोमबार राति परिसर (क्याम्पस) नजिकै भएको थियो र एक महिलालाई गम्भीर अवस्थामा छोडिएको थियो। केही दिन अघि परिसर (क्याम्पस )नजिकै दुई फरक उद्यान (पार्क)हरूमा छुरा प्रहारले शनिबार यूसी डेभिस करिम अबु नजम र बिहीबार ५० वर्षीय डेभिड ब्राउक्सको ज्यान लिएको थियो।
डोमिन्गुएज अप्रिल २५ सम्म विश्वविद्यालयमा तेस्रो वर्षको विद्यार्थी थिए । उनलाई सुरुमा बुधबार ठूलो चक्कु राखेको आरोपमा हिरासतमा लिइएको थियो र छुरा प्रहारको सम्बन्धमा बिहीबार पहिले नै पक्राउ गरिएको पाइटेलले भने।
“उनीसँग पछाडी भिर्ने झोला थियो, उनले तेस्रो आक्रमण पछि एउटै कपडा लगाएका थिए र उनको हातमा ठूलो चक्कु थियो,” प्रमुखले बताए ।
“
प्रतिक्रिया