रुसका लागि अमेरिकी राजदूत लिन ट्रेसीले हिरासतमा रहेका पाउल व्हेलनलाई भेटिन 

इनेप्लिज २०८० वैशाख २१ गते १६:५७ मा प्रकाशित

रुसका लागि अमेरिकी राजदूत लिन ट्रेसीले बिहीबार पाउल व्हेलनलाई भेटेको सिएनएनले जनाएको छ ।

मस्कोमा पदभार ग्रहण गरेपछि गलत रूपमा हिरासतमा परेका अमेरिकीलाई उनको पहिलो भ्रमममा भेट गरेकी हुन ।

“पाउललाई रूसमा ४ वर्ष भन्दा बढी समयदेखि गलत तरिकाले हिरासतमा राखिएको छ, र उनको रिहाई पूर्ण प्राथमिकतामा रहेको छ,” दुतावासले लेखेको छ ।

पाउल व्हेलनलाई डिसेम्बर २०१८ मा रूसमा हिरासतमा राखिएको थियो र पछि जासुसी आरोपमा १६ वर्षको कारागार सजाय सुनाइएको थियो । 

प्रतिक्रिया