केसी डान्स सेन्टरका संचालक नवीन के सी सम्मानित

इनेप्लिज २०८० वैशाख २० गते २३:५२ मा प्रकाशित

केसी डान्स सेन्टरका संचालक नवीन के सी सम्मानित भएका छन् । गत अप्रिल ३० का दिन आईतवारको दिन सम्पन्न जीओपीआइओ भर्जिनिया संगठनले उनलाई सम्मान गरेको हो ।

उक्त संस्थाको १४ औ बार्षिकी तथा उत्कृष्ट पुरस्कार समारोहमा के सी डान्स सेन्टरका संचालक तथा नेपाली सिने क्षेत्रका कोरियोग्राफर (नृत्य निर्देशक तथा प्रशिक्षक )नवीन के सीलाई कला तथा संस्कृति विधामा बिशेष योगदान पुर्याए वापत पुरस्कार प्रदान गरिएको हो ।

उक्त संस्थाका भारतीय मूलका अध्यक्ष जय भण्डारीको भर्जिनियाको संस्थाले आयोजना गरेको सो कार्यक्रममा भर्जिनियाको सिनेटर ,सांसद लगायत विभिन्न उच्च पदमा रहेका बिशेष व्यक्तित्वहरु सहित नेपाली संघ/संस्थाका पदाधिकारीहरु साथै अन्य थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

अन्त्यमा सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो जसमा केसी डान्स सेन्टरका प्रशिक्षार्थीहरु रिहाना नेपाल, श्लेष्मा पन्त र सरिशा अधिकारीले बलिवुड र नेपाली लोक नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया