ए.एन.ए. द्वारा आयोजित “NRN related laws and current issues” बिषय अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न

इनेप्लिज २०८० वैशाख २० गते १:३० मा प्रकाशित

वासिंटन, डि.सी. Association of Nepalis in the Americas, ANA का निवर्तवान अध्यक्ष एवं वर्तमान संरक्षक खगेन्द्र अधिकारी बाट enepalese लाई प्राप्त जानकारी अनुसार , April 29, 2023 मा Association of Nepalis in the Americas, ANA द्वारा आयोजित “Non-Resident Nepali (NRN) related laws and current issues” बिषय सम्बन्धमा भर्चुअल अर्थात् जुम मार्फत गरिएको यो अन्तरक्रिया कार्यक्रम ए.एन.ए. बाट सम्पन्न बिगतका अन्य भर्चुअल कार्यक्रमहरु मध्यमै अत्यंत ऐतिहासिक र बिशेष महत्वपूर्ण रुपमा सफलतापूर्वक र भव्यताका साथ सम्पन्न भएको थियो भनि बताउनु भएको छ।

निजले बताए अनुसार यस कार्यक्रमलाई राष्ट्रिय संस्था ANA को लोकप्रिय Facebook page https://fb.watch/kcRZMI2yrl/ (https://fb.watch/kcRZMI2yrl/) (https://fb.watch/kcRZMI2yrl/ (https://fb.watch/kcRZMI2yrl/)) का माध्यम बाट संसार भरि नै संप्रेषित हुने गरी प्रत्यक्ष प्रसारण समेत गरिएको थियो भनि उल्लेख गरिएको छ।

संरक्षक अधिकारी बाट प्राप्त जानकारी अनुसार, उपरोक्त जनहित अर्थात् जनउपयोगी र जनचेतनामा आधारित कार्यक्रमलाई Association of Nepalis in the Americas, ANA का तर्फ बाट संस्थाका वर्तमान Youth Coordinator CPA Mr. Laxman Pradhan ज्यू ले सम्पूर्ण गैर आवासीय अर्थात् प्रवासी नेपालीहरुको हितको लागि उपलब्धिमुलक हुनेछ भन्नेमा बिस्वास गरेर उँहा स्वयं बाट सबैको सामुमा पुर्याई यसलाई अगाड़ी बढाउन पहलकदमी गर्नु भएको थियो भनि जनाईंएको छ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपालीहरुका विविध हक-अधिकार र विभिन्न प्रमुख जिज्ञासाहरुलाई सर्वोच्च अदालत, नेपालका बरिष्ठ अधिबक्ता डा.नारायण घिमिरे ज्यू, Attorney (law consultant, pioneer Law Associate) Mrs. Nida Doon-Malla ज्यू ले गैर आवासीय नेपालीहरुका लागि हालको धेरै नै चर्चित एवं महत्वपूर्ण र सार्वजनिक सामुदायिक बिषयका सम्बन्धमा विस्तृत रुपमा कानूनी सन्दर्भमा आधारित भएर सम्बोधन गर्नु भएको थियो भनि जनाउनु भएको छ।

कार्यक्रमको सुरुवात गर्दै प्रारंभमा यस बिषय र प्रसंगका परिकल्पनाकार एवं ए.एन.ए. का वर्तमान Youth Coordinator साथै यस कार्यक्रमका संयोजक सि.पि.ए. श्री लक्ष्मण प्रधान ज्यू ले सबैलाई यस महत्वपूर्ण कार्यक्रममा तपाईहरु सम्पूर्णलाई स्वागत छ भन्दै कार्यक्रमको औचित्यता र उदेश्य सम्बन्धमा बताउदै सबै सहभागी वक्ताहरुको बारेमा संक्षिप्त परिचय प्रस्तुत गर्नु भएको थियो।

यसै गरि ए.एन.ए. कि कोषाध्यक्ष एवं उक्त कार्यक्रमको सहयोगी संयोजक प्रोफेसर डा. उषा शर्मा ज्यू ले समेत कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउने सन्दर्भमा आफ्नो भूमिका मार्फत अथक प्रयास र योगदान गरेर “कार्यक्रम परिकल्पनाकार” सि.पि.ए.श्री लक्ष्मण प्रधान संग मध्यमार्गी हुँदै सिलसिलेवार जिम्मेवारी पुरा गरेर मद्दत गर्नु भएको थियो।

ए.एन.ए. अध्यक्ष ईन्जिनियर बिजय राज भट्टराई ज्यू ले उक्त बिशेष महत्वपूर्ण कार्यक्रमका बारेमा सारगर्भित बिचारहरु सार्वजनिक गर्दै यस “भर्चुअल कार्यक्रम” मा सहभागी र उपस्थित सबैलाई एकमुष्ट रुपमा स्वागत गरे पश्चात संचालक सि.पि.ए श्री लक्ष्मण प्रधानले कार्यक्रमको संचालन गर्नु भएको थियो।

उपरोक्त महत्वपूर्ण कार्यक्रममा अत्योधिक ठूलो संख्यामा बिभिन्न सहभागीहरु उपस्थित भएर यस कार्यक्रम र बिषय बस्तुका बारेमा प्रकाश पार्दै आ-आफ्ना धारणाहरु ब्यक्त गर्दै कार्यक्रम अत्यंत महत्वपूर्ण र गैर आवासीय अर्थात् प्रवासी नेपालीहरुका लागि उपलब्धिमुलक हुनेछ भन्नेमा दुईमत नहोला भन्दै कार्यक्रमको आयोजना गर्नु भएकोमा हार्दिकता सहित खुसि व्यक्त गर्दछौं भन्दै यस महत्वपूर्ण र गतिशील कार्यक्रमको शोभालाई स्थापित गर्नु भएको थियो।

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=999673181396639

आजको बदलिदो बिश्व परिस्थितिमा संसार भरि छरिएर रहेका गैर आवासीय नेपाली समाजका नेपालीहरुलाई एकै शुत्रमा जोड्नलाई नेपालको विद्यमान कानूनमा धेरै नै सुधार गर्नु पर्ने देखिएको छ भन्नेमा जोड दिदैं “कानून भनेको जनताद्वारा जनताका लागि बनाईने संयन्त्र हो” भन्ने बिस्वास गरिन्छ र मातृभूमि नेपालमा रबि लामिछाने नागरिकता प्रकरण बाट घटेका केहि वास्तबिक वर्तमान तथा ताजा घटनाहरु र प्रवासी अर्थात् गैर आवासीय नेपालीहरुले भोगेका कठिनाईहरु अनि प्रत्यक्ष सरोकारका मुद्दाबाट प्रेरित उक्त कार्यक्रममा सहभागिता गर्नु हुनेहरु बाट “यदि नेपालमा भै रहेका विद्यमान कानूनले जनताका अर्थात् गैर आवासीय नेपालीहरुका दैनिक, व्यवहारिक र आधारभुत आवश्यकताहरु र हक-अधिकारहरुलाई समेट्न सक्दैन भने उक्त विद्यमान कानूनहरुलाई परिमार्जन गराई गैर आवासीय नेपालीहरुका समस्याहरुलाई समस्याग्रस्त नबनाएर सर्वसुलभ र सकारात्मक सोच बाट कानूनी रुपमा समेट्नु पर्छ” भन्ने सन्दर्भमा नेपाल सरकार र सरोकारी सबैलाई सकारात्मक सन्देश मिल्ने गरी विस्तृत छलफल गरिएको थियो।

यस प्रकारका कानूनी जटिलताका बिषयहरुलाई सरलीकृत रुपमा सफल पार्न प्रारम्भिक छलफलको पहल Association of Nepalis in the Americas, ANA ले गरेको र यसलाई नितान्त महत्व र प्राथमिकताका साथमा निरंतर रुपमा गर्नु धेरै नै जरुरी हुन्छ भन्ने समेत सहभागीहरु बाट महसूस गरिएको थियो।

गैर आवासीय नेपालीहरुका साझा समस्याहरुका बारेमा Association of Nepalis in the Americas, ANA ले सम्बंधित अन्य बिभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रिय र स्थानीय नेपाली संघ संस्थाहरु संगको गतिशील सम्बन्धका आधारमा संयुक्त प्रयास गरी सबै संग हातमा हात र साथमा साथ मिलाएर दर्बिलो पहल गर्नु नै भरोसा युक्त कदम हुनेछ भन्ने बिस्वास चैं निस्चित रुपमै सहि हो र यस सम्बन्धमा Association of Nepalis in the Americas, ANA ले एउटा वाहक अर्थात् सारथी बन्न निस्चित रुपमा सक्रिय हुन सक्नु पर्छ, यो नै सर्वप्रथम जरुरी छ भन्ने बिस्वास लागेको छ भन्ने पक्षमा समेत छलफल भएको थियो।

ए.एन.ए. का Founding President डा. हरि शर्मा ,वर्तमान अध्यक्ष ईन्जिनियर बिजय राज भट्टराई , बरिष्ट उपाध्यक्ष बिजय श्रेष्ठ ,उपाध्यक्षहरु क्रमशः भक्त थापा, डा. तुलसी धरेल , महासचिव डा. चुडामणि खनाल , संरक्षकहरु क्रमशः डा. अम्बिका प्रसाद अधिकारी, श्री रजर अधिकारी, Dr. Drona Rasali ज्यूहरु, निवर्तमान अध्यक्ष एवं वर्तमान संरक्षक श्री खगेन्द्र अधिकारी ज्यू, सल्लाहकारहरु क्रमशः प्रोफ़ेसर डा. गोपी उप्रेती, ईन्जिनियर कुल मणि आचार्य ज्यूहरु, पूर्व पदाधिकारीहरु क्रमशः श्री रोहिणी शर्मा ज्यूहरु, वर्तमान कार्य समितिका बिभिन्न पदाधिकारी ज्यूहरु, NRNA USA का वर्तमान अध्यक्ष ईन्जिनियर सूर्य ( साल) लम्साल ज्यू, बिभिन्न संघ संस्थाका आदरणीय वर्तमान तथा पूर्व पदाधिकारी ज्यूहरु का साथै संयुक्त राज्य अमेरिका, क्यानडा साथै विश्वका बिभिन्न देशहरु बाट सहभागिता गर्नु भएका आदरणीय समाजसेवी बिभिन्न व्यक्तित्वहरुका अतिरिक्त बिभिन्न पेशा र क्षेत्रमा आबद्ध बरिष्ट व्यक्तित्वहरु समेतले कार्यक्रमका बारेमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

ANA Trustee Dr. Drona Rasali साथै Immediate past President and current Board of Trustee श्री खगेन्द्र अधिकारी लगायतले CPA Mr. Laxman Pradhan को बिशेष पहल कदमी बाट आयोजित यो महत्वपुर्ण एवं बिशेष भर्चुअल अन्तरक्रिया तथा छलफलमुखि कार्यक्रम ए.एन.ए. को लागि मात्र नभएर हामीहरु सबै गैर आवासीय अर्थात् प्रवासी नेपालीहरुका लागि अत्यंत उपलब्धिमुलक भएकाले यस कार्यक्रमलाई तपाईको पहल कदमीमा निरंतर अगाड़ी बढोस् भन्ने आग्रह गरे पश्चात बिभिन्न सहभागीहरु बाट बिषयबस्तुका सम्बंधमा उठेका सवाल जवाफको अन्त भए पछि सहभागी प्रमुख बक्ताहरुलाई कदर प्रमाण पत्र प्रदान गरेर कार्यक्रममा उपस्थित हुनु-हुनेहरु, कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन मद्दत गर्नु हुने विभिन्न सहयोगीहरु सहित सम्बंधित सबैलाई संस्था र आफ्नो तर्फ बाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं भन्दै कार्यक्रम संचालक द्वय सि.पि.ए.श्री लक्ष्मण प्रधान एवं प्रोफेसर डा. उषा शर्मा ले सबैलाई आभार प्रकट गर्दै बिधिवत रुपमा उक्त कार्यक्रमको समापन गर्नु भएको थियो।

enepalese परिवार पनि जनचेतनामा आधारित उपरोक्त जन उपलब्धिमुलक कार्यक्रम सबैको लागि उपयोगी हुनेछ भन्ने बिस्वास गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछ।

ANA – 1983 was live.

माथिको तस्बिरहरुको परिचय:

  1. Attorney at law
    Mrs. Nida Doon-Malla
  2. Attorney at law
    Dr. Narayan Ghimire
  3. Mr. Khagendra Adhikari

ANA को Zoom द्वारा गरिएको meeting को इतिहासमा छोटो तयारी मैं यस कार्यक्रममा संसार भरि बाट १०० जना भन्दा बढ़ी मानिसहरुको सहभागिता भएको थियो।

प्रतिक्रिया