अमेरिकाको कोलोराडोमा गजल उत्सव हुने

इनेप्लिज २०८० वैशाख १८ गते २३:१७ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा गजल उत्सव हुने भएको छ । ” गजल यात्रा ” र “अन्तराष्ट्रिय नेपाली साहित्य समाज – कोलोराडो ” को प्रस्तुति “गजल उत्सव-५ ” जुलाई २, २०२३ मा कोलोराडोमा हुने भएको छ ।

यो उत्सव एएनएसंगको सहकार्यमा हुन लागेको हो । अमेरिकाको विभिन्न राज्यहरुबाट सहभागी हुने गजलकारहरुले आ-आफ्नो दमदार गजल र गजल गायन प्रस्तुत गर्नेछन् ।

यस अघि टेक्ससको ह्युस्टनमा गजल उत्सव – ४ भब्यताका साथ सम्पन्न भएको थियो । टेक्सास र ओहायोमा सम्पन्न गजल उत्सव १,२, ३ र ४ को अपार सफलतापछि गजल उत्सव – ५ हुन लागि रहेको छ ।

गजलयात्रा -५ बारे अन्य जानकारीको लागि गजलकारहरु सतिष त्रिपाठी , पवन लामिछाने , वासु अधिकारी , डिल्लु चम्लागाँई , रोहित राना र केशव पौडेललाई सम्पर्क गर्न सकिने छ ।

एक अभियान ,आन्दोलन र अबिरल यात्राको नाम हो -” गजल यात्रा “।

बिटु केसी

मिडिया संयोजक , गजल यात्रा

प्रतिक्रिया