मिसिसिपीका १९ वर्षीय युवकलाई गोली हानी २ किशोरको ज्यान लिएकोले पक्राउ, ४ जना घाइते

इनेप्लिज २०८० वैशाख १८ गते १६:५४ मा प्रकाशित

मिसिसिपीको प्रहरी विभागले जारी गरेको समाचार अनुसार आइतवार बिहान दुई किशोरको मृत्यु र अन्य चार जनालाई घाइते बनाएकोले एक १९ वर्षीय युवकलाई पक्राउ गरी अभियोग लगाइएको छ।

क्यामरुन ब्रान्डलाई सुरुमा एकमात्र संदिग्ध बन्दुकधारीको रूपमा पहिचान गरेपछि अझ आक्रमणका थप ६ वटा आरोपमा गिरफ्तार गरिएको सिएनएनले जनाएको छ ।

विश्वविधालयका १६ र १८ वर्षका दुईजना पीडितको मृत्यु भएपछि आरोपहरूलाई हत्या समेतको आरोप लगाईएको छ ।

बे सेन्ट लुइस प्रहरीलेमआइतबार बिहान १२ः३४ बजे गोलाबारी भएको खवर प्राप्त गरेका थिए ।

प्रहरीले एक समाचार विज्ञप्तिमा जनाए अनुसार न्यू अर्लिन्सको लगभग ६० माईल उत्तरपूर्व ओल्ड ब्लू मीडो सडकमा रहेको घरमा आइपुगेपछि धेरै बन्दुकको गोली प्रहार भएको प्रहरीले फेला पारेका थिए ।

प्रतिक्रिया