अनेसास जर्जिया च्याप्टरको नयाँ कार्यसमिति गठन

इनेप्लिज २०८० वैशाख १८ गते १०:२३ मा प्रकाशित

अनेसास जर्जिया च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ । २०२३-२५ कार्यकालको लागि अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्जिया च्याप्टरको निर्वाचनमा नयाँ कार्यसमिति गठन गर्ने क्रममा सबै पदहरु निर्बिरोध निर्वाचित भएका छन् ।

मीरा कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

नेपाली कल्चरल सेन्टरमा प्रमुख निर्वाचन आयुक्त राजा घलेले निर्वाचित पदाधिकारीहरुलाई ओहोदाको प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त समारोहमा प्रमुख निर्वाचन आयुक्त घलेले प्रथम महिला अध्यक्षको नेतृत्वमा गठन भएको यो समिति ऐतिहासिक,पुरुष भन्दा महिलाको संख्या बढी भएको समाबेसी कार्यसमितिले धेरै राम्रा काम गर्ने विश्वास रहेको बताए । नया कार्यसमितिलाई बधाई दिए ।

नब निर्बाचित अधक्ष मिरा कोइरालाले नया कार्यभार सम्हाल्न पाउदा खुशी ब्यक्त गर्दै ” मेरो काधमा नया जिम्मेबारी भएको र मेरो कार्यकालमा केहि ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गरिन । र निर्वाचन समितिलाई धन्यवाद दिईन ।

कार्यक्रम संचालन निर्वाचन आयुक्त जनक बरालले गरेका थिए भने र अर्का निर्वाचन आयुक्त डा विश्व अधिकारीको पनि उपस्थिति रहेको थियो !

नब निर्बाचित पदाधिकारीहरुमा क्रमस अध्यक्ष, मीरा कोईराला; वरिष्ठ उपाध्यक्ष, डा. तुलसी आचार्य;उपाध्यक्ष ,नमिता घिमिरे ;महासचिव ,बिष्णु पगेनी;सचिव डा तिर्थ तिम्सिना र कोषाध्यक्षमा डा ध्रुब बन्जाडे निर्वाचित भएका छन ।

यसै गरि सदस्यहरुमा क्रमस राजेश सिजापति,मुना आचार्य,बिपिन महतो,कमला बिस्ट,अविनाश फूएल, डा सुष्मा घिमिरे सिग्देल,सीता अधिकारी तथा अनिता भण्डारी तिमिल्सिना निर्वाचित भएका छन् ।

साथै नब निर्वाचित कार्यसमितिको प्रथम बैठकले ५ सदस्यीय सल्लाहकार पनि नियुक्त गरेका छन । सल्लाहकारहरुमा राजा घले ,प्रा डा राम चन्द्र बराल,जनक बराल ,बिमल रेग्मी र अनिल कोइराला रहेका छन् ।

प्रतिक्रिया