मेरिल्याण्ड बिश्वबिद्यालयका सूचना प्रविधिका व्यावसायिक कर्मचारीलाई बाल अश्लिल चित्र सम्बन्धि आरोपमा पक्राउ गरिएको छ ।
युनिभर्सिटी अफ मेरील्याण्ड(मेरिल्याण्ड बिश्वबिद्यालय)मा कार्यरत एक व्यावसायिक कर्मचारी (आईटी प्रोफेसनल)लाई बाल अश्लिल चित्र(पोर्नोग्राफी)सम्बन्धित आरोपमा बिहीबार पक्राउ गरिएको मेरील्याण्ड राज्य प्रहरीले बताएको छ ।
प्रहरीहरूले एल्क्रिजका ४१ वर्षीय विलियम गोम्सलाई गिरफ्तार गरेका छन् । विश्वविद्यालयको संजालस्थल (वेबसाइट)मा उनि कार्यवाहक निर्देशक तथा सूचना प्रविधि (आईटी)का अभियन्ता (इन्जीनियर्स )रूपमा सूचीबद्ध छन भनि डब्लुजेएलएले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
उनी माथि बाल अश्लिल (पोर्नोग्राफी)स्वामित्वको १० गणना, बाल अश्लिल (पोर्नोग्राफी)को वितरणको ३ गणना र यौन आचरणमा संलग्न लगायतमा एक गणनाको आरोप लगाइएको छ।
गोम्सलाई हावर्ड काउन्टी सुधार विभागमा लगिएको छ । गत फेब्रुअरीको सुरुमा प्रहरीले उनि माथि अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा जफत गरिएको उनको बिधुतिय उपकरणहरूको प्रारम्भिक अदालती (फोरेन्सिक )समीक्षाले धेरै बाल अश्लील मिसिल (फाइल)हरू पत्ता लगाएको प्रहरीले भने।
युनिभर्सिटी अफ मेरिल्याण्डका अधिकारीहरूका अनुसार गोम्स २००४ देखि विश्वविद्यालयमा काम गरि रहेका छन । उनी हाल प्रशासनिक बिदामा थप अनुसन्धानका लागि पर्खिरहेका छन ।
प्रतिक्रिया