भर्जिनियाको टाइसन बिशाल बजार(मल)मा अपहरण भएका ३ बर्षिय बालकलाई सकुसल परिवारलाई फर्काइयो

इनेप्लिज २०८० वैशाख १६ गते १०:४८ मा प्रकाशित

भर्जिनियाको टाइसन कर्नर शहरको टाइसन बिशाल बजार क्षेत्रमा रहेको बच्चाहरु खेल्ने ठाउँबाट अपहरण भएका ३ बर्षिय बालकलाई सकुसल परिवारलाई फर्काइएको प्रहरीले जनाएको छ ।

भर्जिनियाको टाइसन कर्नर सेन्टरको बाहिरी खेल क्षेत्रबाट गत बिहीबार एक ३ वर्षीय बालक अपहरणमा परेका थिए । पछि संदिग्ध एक चमेनागृह भित्र फेला परेको फेयरफ्याक्स काउन्टी भर्जिनियाका प्रहरीले बताए ।

बालक बिहीबार दिउँसो बिशाल बजार(मल)मा हराएको खबर गरिएको थियो। फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीहरू बेलुका ५:४५ बजे पछि त्यहाँ आएका थिए । सुरक्षा अङ्कीयचित्रक (क्यामेरा)हरू जाँच गरे,जसमा एउटी महिलाले हिड्न रोकेको, बच्चासँग कुरा गरेको र त्यसपछि बच्चाको हात समातेको देखाइएको छ भनि एनबिसी वाशिंगटनले समाचारमा उल्लेख गरेको छ ।

प्रहरीका अनुसार महिला संदिग्ध र बच्चा कोस्टल फ्ल्याट नामक एक चमेना गृह भित्र बिशाल बजार भित्रै फेला परेका थिए । प्रहरीका अनुसार संदिग्ध महिलाले उनीहरु नजिक पुग्दा अधिकारीहरूलाई कुटपिट गरेकी थिइन् । त्यसपछि उक्त संदिग्ध महिलालाई पक्राउ गरिएको थियो ।

बच्चालाई कुनै चोटपटक न लागेको र त्यस पछि उनीहरूको परिवारमा फर्काइएको थियो । प्रहरीले डिसीकी ३३ वर्षीय जेन प्योलाई अपहरणकारीको रुपमा पहिचान गरेको छ ।

प्योमाथि अपहरण, चोरीका औजार राखेको, प्रहरीमाथि हमला गर्ने र घुसपैठ गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया