युक्रेनको उमान शहरको आवासगृहमा भएको रुसी आक्रमणमा मृत्यु हुने २३ मध्ये ५ बालबालिका

इनेप्लिज २०८० वैशाख १६ गते १०:११ मा प्रकाशित

युक्रेनको उमान शहरको एक आवासगृहमा (अपार्टमेन्ट ब्लक)मा भएको आक्रमणमा मृत्यु हुने २३ मध्ये ५ बालबालिका परेका छन् ।

युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले उमानको एउटा आवासगृहमा भवनमा क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेमा पाँच बालबालिका रहेको बताए ।

अन्वेषक र फरेन्सिक(अदालती) विज्ञहरूले शुक्रबार बिहान भएको आक्रमणमा मारिएका २३ जनामध्ये २२ जनाको पहिचान गरेको क्लिमेन्कोले भने।

उनले मारिएका मध्ये एक बर्षका दुई बालबालिका ,१६ वर्षका एक ए ८, ११ र १४ वर्षका तीन बालिका रहेका छन् । भग्नावशेष हटाउने काम भइरहेको उनले बताए ।

रुसले उमान शहरको एउटा आवासगृह (अपार्टमेन्ट ब्लक)मा शुक्रबार बिहान सबेरै क्षेप्यास्त्र (मिसाइल )हमलामा युक्रेनी नागरिकमाथि महिनौं यताकै सबैभन्दा घातक हमला भएको मानिएको छ।

युक्रेनी वायुसेनाका अनुसार क्यास्पियन सागर क्षेत्रमा रूसी विमानबाट लामो दूरीको पोत बिहार क्षेप्यास्त्र (क्रुज मिसाइल)हरूको प्रक्षेपण गरिएको थियो । स्थानीय समय अनुसार बिहान ४ बजेतिर उक्त आक्रमण भए पछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

प्रतिक्रिया