टेक्ससको एचडिएनपी ईन्टरनेशनलले घरवार बिहि हरुलाई हरेक महिना खाना बितरण गर्ने

इनेप्लिज २०८० वैशाख १५ गते ०:५० मा प्रकाशित

टेक्सास,अमेरिका । एचडिएनपी अन्तरराष्ट्रियले टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका होमलेस (घरवार बिहिन) हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ ।

ड्यालस फोर्टवर्थ क्षेत्रका घरवार बिहिनहरुको अवस्था दयनिय रहेकाले उनीहरुलाई राहत पुगोस भनेर हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्न लागिएको हो । सन २०२३ डिसेम्बर सम्मका कम्तीमा पनि २ हजार जना होमलेश (घरवारबिहिन) हरुलाई खाना तथा लुगाकपडा बितरण गर्ने योजना रहेको सो सँस्थाले जनाएको छ ।

बिगतमा हामीले बिशेष अवसर पारेर होमलेस (घरवारबिहिन) हरुलाई खाना तथा लुगकपडाहरु बितरण गर्दै आएका थियौं । तर हामीले घरवारबिहिनहरुको आबश्यकता महसुस गरि सन २०२३ को जनवरी देखि हरेक महिना खाना तथा लुगाकपडा बितरण गर्ने प्रयास गरिरहेका छौं–एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यले बताउनु भयो ।

सँस्थाले मौसम अनुसार खानाहरु, फलफुल तथा न्यानो लुगाको रुपमा ब्लाँकेट, सिल्पिङ व्याग, सिरानी, टाउजर, सुईटर सर्ट पाईन्ट टोपीहरु बितरण गर्दै आएको जनाएको छ ।

सन २०२३ को जनवरीदेखि हालसम्म ३ सय ४४ जना घरवार बिहिनहरुलाई खाना तथा लुगा वितरण गरिएको छ । गत साता मात्रै फोर्टवर्थ क्षेत्रको ई भिकेरीमा १ सय ५६ जनालाई खाना तथा लुगाकपडा बितरण गरिएको थियो । एचडिएनपी ईन्टरनेशनलले सन २०२३ को डिसेम्बरसम्म घरवारबिहिन ब्यक्तिहरुका लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा गरिने राहतका कार्यक्रमहरुको तालिका समेत सार्बजनिक गरेको छ ।

आचार्यका अनुसार एचडिएनपी ईन्टरनेशनलसँग घरवारबिहिन ब्यक्तिहरुका लागि सन्चालन गरिने राहतका कार्यक्रमको लागि कुनै दातृ निकाय छैनन । सँस्थाले हरेक बर्ष डिसेम्बर महिनामा सँस्थाले गाला कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा सहभागि व्यक्तिहरुले व्यक्तिगतरुपमा प्रदान गर्ने डोनेशन रकम नै सँस्थाको आम्दानीको श्रोत हो ।

एचडिएनपी ईन्टरनेशनले सन्चालन गरेका कार्यक्रमहरुबाट घरवारबिहिनहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । एचडिएनपी ईन्टरनेशनल अमेरिकामा मानव सेवामा सकृय नेपालीहरुको पहिलो सँस्था हो ।

एचडिएनपी ईन्टरनेशनलले सन्चालन गरिरहेको होमलेस (घरवारबिहिन) हरुलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमको उच्च मुल्याँकन गरेर टेक्सास राज्य सरकारले गत बर्ष पुरस्कृत समेत गरेको थियो ।

प्रतिक्रिया