अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को अध्यक्षमा जानुकी ओझा बस्नेत निर्वाचित

इनेप्लिज २०८० वैशाख १३ गते १०:३० मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को अध्यक्ष पदमा जानुकी ओझा बस्नेत निर्वाचित भएकी छिन । अमेरिका नेपाल सहयोगी समाजको हालै सम्पन्न छैठौं साधारण सभाबाट जानुकी ओझा बस्नेतको अध्यक्षता गठित नया कार्य समितीको समेत गठन भएको छ ।

निर्वाचित भएता पनि नयाँ कार्यकारी समितिले आगामी मे १ ,२०२३ देखि नया कार्यसमितीले आफ्नो कार्यभार सम्हाल्ने अध्यक्ष कमल भट्टराईले ईनेप्लिजलाई बताए ।

नया कार्यसमितीमा निम्न पदाधिकारीहरुमा क्रमस अध्यक्षः जानुकी ओझा बस्नेत, वरिष्ठ उपाध्यक्षः कामना पन्थी, उपाध्यक्षः प्रकाश सुवेदी, महासचिवः तनुजा पोख्रेल, सचिवः भुपाल पौड्याल, तथा कोषाध्यक्षमा बिष्णु न्यौपाने निर्वाचित भएका छन् ।

यसै गरि कार्यकारी सदस्यहरुमा क्रमस ध्रुव प्रसाद बराल, काशी खड्का, जगन्नाथ पौड्याल, प्रेमा रिजाल, राजु कार्की, कमल अधिकारी तथा माया अधिकारी निर्वाचित भएका छन् ।

अमेरिका नेपाल सहयोगी समाज अमेरिकाकै नेपाली समुदायको अत्यन्तै क्रियाशील तथा चर्चित संस्था हो । समुदायमा अत्यन्तै राम्रो सेवा गर्दै आएको यो संस्थाले विभिन्न कार्यक्रमहरु निरन्तर गरि रहेको छ ।

सन् २०१५ मा नेपालमा गएको भूकम्पमा अद्वितीय भूमिका निर्वाह गरेको थियो । अमेरिकामै तीज कार्यक्रम सर्वाधिक रुपमा भब्य रुपमा स्थापना काल देखि नै मनाउदै आएको छ ।

प्रतिक्रिया