वासिङ्टन डीसीमा १२ वर्षीया बालिकासहित ८ जनामाथि गोली प्रहार

इनेप्लिज २०८० वैशाख ९ गते ११:४८ मा प्रकाशित

वासिङ्टन डीसीमा १२ वर्षीया बालिकासहित ८ जनामाथि गोली प्रहार भएको छ ।

वाशिंगटन डीसीका प्रहरी सहायक प्रमुख आन्द्रे राइटका अनुसार दक्षिणपूर्व डीसीका दुईवटा गोली काण्ड भएका स्थानहरूमा आठ जनालाई गोली हानिएको थियो । गोली लागेका सबै खतरामुक्त रहेको उनले बताए ।

राति १० बजेको केही समयपछि दक्षिणपूर्व डिसीको लेबम मार्गको ५०० भवनसमूहमा रहेको मुख्य गोलीबारीमा सात वयस्क पुरुष घाइते भएका थिए । यी मध्ये अधिकांश पीडित महानगरीय प्रहरी कार्यालयका प्रहरीहरु आउनुअघि नै स्वयम अस्पताल पुगेका थिए । सार्वजनिक सूचना अधिकारीले उनीहरुको अवस्था स्थिर रहेको बताए ।

दोश्रो गोली काण्ड भएको दृश्यमा १२ वर्षीया बालिकालाई उनको तल्लो भागमा बन्दुकको गोली लागेको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार उनको स्थिर अवस्था रहेको बताएका छन् ।

शंकास्पद व्यक्ति वा अभियुक्तहरुको खोजी कार्य जारी रहेको छ । प्रहरीले कालो गाडीको खोजिरहेको छ भने सडकमा भेला भएका मानिसहरूमाथि संदिग्धहरुले अन्धाधुन्ध गोली चलाएका थिए । डिसीमा मौसमको आनन्द लिइरहेको समयमा अचानक गोली चलाईएको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया