अध्यावधिक गरिएको : सुडानमा भएको झडपमा कम्तिमा ५६ जनाको मृत्यु भएको छ भने ५९५ जना घाइते भएका सुडान चिकित्सकहरुको केन्द्रीय समितिले जनाएको छ ।.
सुडानी केन्द्रीय चिकित्सा समितिले शनिबार सीएनएनलाई बताए अनुसार सुडानका अर्धसैनिक प्रमुख मोहम्मद हमदान दगालोले आफ्नो सशस्त्र समूह र देशको सेनाबीच शनिबार भएको झडपपछि खार्तुमका अधिकांश आधिकारिक क्षेत्रहरू कब्जा गरेको दाबी गरेका छन्।
दगालोले आफ्नो अर्धसैनिक समूहलाई उल्लेख गर्दै एक अन्तर्वार्तामा खार्तूममा ९० प्रतिशतभन्दा बढी रणनीतिक स्थलहरू नियन्त्रणमा राखेको बताएका छन ।
देशका प्रमुख सैन्य नेता अब्देल फताह अल-बुर्हानले दगालोको दावीलाई अस्वीकार गरेका छन। उनले सरकारी सेनाले सरकारी स्थलहरूमा नियन्त्रण राखेको समाचार सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया