जापानका प्रधानमन्त्री भाषण दिदै गरेको स्थानमा विस्फोट ,सकुशल उद्धार

इनेप्लिज २०८० वैशाख २ गते १५:४९ मा प्रकाशित

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई भाषण दिदै गरेको स्थानमा भएको विस्फोटपछि शनिबार सकुशल उद्धार गरिएको छ ।

जापानको सरकारी प्रसारक एनएचकेद्वारा जारी गरिएको अङ्कीयदृश्य (भिडियो )मा मानिसहरु भाग्दै गरेको दृश्य र विस्फोट पछि एक व्यक्तिलाई पक्राउ गरिएको देखाइएको छ।

स्थानीय समाचार सँस्था क्योडो समाचारका अनुसार एक व्यक्तिलाई “धुवाँ बम जस्तो देखिने” फ्याँकेपछि पक्राउ गरिएको जनाएको छ ।

किशिदाले स्थानीय साइकाजाकी माछा मार्ने बन्दरगाहको भ्रमण गरेपछि उक्त घटना भएको हो ।

गत बर्ष पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको हत्यासँग तुलना गरिएको छ भने जसलाई गत वर्ष जुलाईमा पश्चिमी शहर नारामा चुनावी भाषणको क्रममा गोली हानिएको थियो।

आबेमाथिको आक्रमणले राष्ट्रलाई स्तब्ध बनाएको थियो। किशिदाले पनि वाकायामा जिल्लाको प्रतिनिधिसभाको स्थानीय उपनिर्वाचनमा आफ्नो सत्तारुढ दलका उम्मेदवारको समर्थनमा राजनीतिक भाषण गर्दै आएका थिए।

जापानमा अहिले देशव्यापी स्थानीय निर्वाचनको प्रचारप्रसार भइरहेको छ ।

प्रतिक्रिया