३१ युक्रेनी बालबालिकाको एउटा समूह रुसबाट फिर्ता

इनेप्लिज २०७९ चैत २६ गते १२:२९ मा प्रकाशित

रुसले देश निकाला गरेको आरोपमा युक्रेनी बालबालिका घर फर्किएका छन् । ३१ जना युक्रेनी बालबालिकाको एउटा समूहलाई युक्रेनबाट लगिएको र रुसको कब्जामा रहेको इलाकामा सरेको महिनौंपछि आफ्नो परिवारसँग पुनर्मिलन गरिएको छ।

कीभ मैदानमा एक सिएनएन टोलीले शनिबार यात्रीयान (बस)मा चढेर पर्खिरहेका परिवारका सदस्यहरूलाई अँगालो हालेको र धेरैले आँसु थाम्न नसकेको समाचारमा उल्लेख गरेको छ ।

“हामी दुई हप्ताको लागि ग्रीष्म शिविरमा गयौं तर हामी त्यहाँ छ महिनासम्म फसेका थियौं,” घर फर्केका एक १३ बर्षिय किशोरले बताए । उनले आफ्नी आमालाई अँगालो हाल्दै आमालाई देख्दा रोएँको बताए । उनले आफू मातृभूमि फर्केर धेरै खुसी लागेको भने ।

उनकी ५१ बर्षिय आमा आफू अलग भएको ६ महिनामा आफ्नो छोराको बारेमा निकै कम जानकारी प्राप्त गरेको बताइन्।

दूरभाष (टेलीफोन )जडान थिएन। म धेरै चिन्तित थिएँ। उसलाई दुर्ब्यबहार भइरहेको छ या के भै रहेको मलाई केही थाहा भएन मेरा हातहरू अझै काँपिरहेका छन्,” उनले भनिन्।

पुनर्मिलन मानवीय संस्था सेभ युक्रेनद्वारा समन्वय गरिएको थियो। समूहले अब रुसले जबरजस्ती देश निकाला गरेको युक्रेनी बालबालिकालाई घर ल्याउन पाँचवटा लक्ष्य (मिसन )पूरा गरेको बताएको छ।

प्रतिक्रिया