निरुपणात्मक टिप्पणी

सुरेन उप्रेति पाँचथर हाल एडमण्टन क्यानडा २०७९ चैत २६ गते २:२८ मा प्रकाशित

प्रा. जस योञ्जन ‘प्यासी’-लाई महाविद्यावारिधि (डाक्टर)-को बुटी भिराउने सञ्जीवनी

”पारसमणि प्रधान अध्ययन अनुसन्धान” शोधग्रन्थबारे निरुपणात्मक टिप्पणी

 कृष्ण प्रधान, सिलिगुड़ी (भारत)

गोर्खा जन पुस्तकालय, खरसाङ (दार्जिलिङ)को भव्य र सभ्य आयोजनमा डा. जस योञ्जन ‘प्यासी’ को ”पारसमणि प्रधान अध्ययन अनुसन्धान”शोध ग्रन्थ लोकार्पण सम्पन्न भयो। यस लोकार्पण समारोहमा म स्वयम् पनि लोकापर्क टोलीमा परेको हुँदा सोही समय प्राप्त भएको यस ग्रन्थमाथि निरुपणात्म टिप्पणी नलेखी चूपो लागि बस्न सकिनँ ।

१४ दिसम्ब १९४९ का दिन चुङथुङ चियाबारी, अन्तर्गत शिरिषे गाउँ, दार्जिलिङमा जन्मेका नेपाली साहित्य संसारमा प्रखर नाम हो डा. जस योञ्जन ‘प्यासी’। आरम्भमा आकाशवाणी खरसाङ र गान्तोकमा उदघोषक तथा समाचार वाचकका रुपमा काम गरेका ‘प्यासी’ आकाशवाणीकै एकजना दक्ष फुटबल कमेण्टेटर पनि हुन्। खरसाङ कलेजमा लेक्चरर तथा बिजनबारी डिग्री कलेजका प्रथम प्राचार्य पनि हुन् । अहिले अवकाश जीवनमा लेखनमै लागिपरेका छन् ।

के लेखेका छैनन् उनले। कथा, गीत,कविता, नाटक, समालोचना, कविता तथा अनुवाद गरी प्रायः सबै विधामा सराबरी कलम चलाएको पाइऩ्छ। पत्रकारितामा समेत डिप्लोमा ग्रहण गरिसकेका डा जस योञ्जन ‘प्यासी’का प्रकाशित कृतिहरू यस प्रकार छन्-

चिट्ठी (उपन्यास-१९७८), ‘प्यासी’का केही समालोचना (समालोचना-१९८३), एउटा देशको खोजमा (कविता सङ्ग्रह-१९८५) पारसमणि प्रधानःकेही कृति कैरन (१९८७), बुद्धदेव बसु (अऩुवाद १९९१), नयाँ सूर्यको प्रतीक्षामा (नाटक १९९२), शान्ति सन्देह (कविता सङ्ग्रह-२००२ साहित्य अकादेमी पुरस्कार प्राप्त), बोलाऊँ भने तिमीलाई (गीत सङ्ग्रह-२०१०), परख (समालोचनात्मक लेख सङ्ग्रह-२०१२), एउटा खुल्ला किताब हुँ म (गीतसङ्ग्रह २०१३), भारतीय नेपाली गीतकार पारिचायिक चर्चा (२०१४), परिचर्चा (समालोचनात्मक सङ्ग्रह २०१५ ) , समदृष्टि (समीक्षात्मक लेख सङ्ग्रह २०१६), निर्माया तिमीलाई (गजल सङ्ग्रह २०१७), मेरो यात्रा (निबन्ध सङ्ग्रह २०१८), फेरि फेरि फर्केर तिमीले मलाई (गीत सङ्ग्रह २०१९), पारसमणि प्रधानःअध्ययन अनुसन्धान (अनुसन्धान ग्रन्थ २०२०। लोकार्पण २०२२)।

यस अनुसन्धानात्मक शोधग्रन्थ ”पारसमणि प्रधान अध्ययन अनुसन्धान” माथि निरुपणात्मक टिप्पणी गर्ने प्रयास गरेको छु । यो अनुसन्धनात्मक ग्रन्थ सरसरती हेर्दा यसमा मोठ ६ अध्याय रहेको पाइन्छ –

१. पहिलो अध्याय :

पारसमणि प्रधानको जीवनवृत्त : पुर्ख्यौली, जन्म एवम् बाल्यकाल, शिक्षा-दीक्षा, पारिवारिक जीवन, कर्ममय जीवन, सामाजिक कार्य, शैक्षिक कार्य, भाषिक एवम् साहित्यिक कार्य, राजनीतिक कार्य, अन्य विविध कार्य, देहावसान, प्रभाव-प्रेरणा, स्वभाव एवम् चारित्रिक विशेषता, मान-पदवी, पारसमणि प्रधानका प्रकाशित कृतिहरू ।

२. दोस्रो अध्याय :

भारतमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र विकास

नेपाली भाषाको उत्पत्ति, नेपाली भाषाको विकासक्रम : (क) प्राचीन-काल, (ख) माध्यमिक- काल (ग) आधुनिक-काल ।

नेपाली साहित्यको थालनी, नेपाली साहित्यको विकासक्रम :

(ख) प्राथमिक काल (सन् १८६९-१८८३),

(ख) माध्यमिक काल (सन् १८८४-१९१७),

(ग) आधुनिक काल (सन् १९४८ यता)

प्राथमिककालीन पद्य साहित्य :

(क) निर्गुण भक्तिधारा वा सन्त काव्यधारा

(ख) कृष्णभक्ति काव्यधारा

(ग) रामभक्ति काव्यधारा प्राथमिकालीन गद्यधारा

माध्यमिका काल :

(१) माध्यमिककालीन पद्यधारा (२ ) माध्यमिककालीन गद्यधारा

आधुनिक काल :

(१) कविता (२) कथा (३) उपन्यास (४) निबन्ध (५) नाटक एकाङ्की (६)समालोचना र (७ विविध

भारतमा नेपाली भाषाको विकास – भारतमा नेपाली साहित्यको थालनी र विकास

(१) बनारस (२) पश्चिम बङ्गाल : (क) दार्जिलिङ (ख) डुवर्स (ग) कलकत्ता (३) असम-पूर्वाञ्चल, (४) सिक्किम, (५) पश्चिमाञ्चल

पारसमणि प्रधानको नेपाली भाषा र साहित्य साधनाका विविध चरणहरू

पहिलो चरण (सन् १९१५-१९१९)

दोस्रो चरण (सन् १९२०-१९५८)

तेस्रो चरण (सन् १९५९-१९८६)

३. तेस्रो अध्याय :

नेपाली भाषाको विकासमा पारसमणि प्रधानको योगदान : नेपाली भाषाअध्य्यनको परमपरा

पहिलो चरण (सन् १७७१- सन् १९०० सम्म),

दोस्रो चरण (सन् १९०१-१९५५)

तेस्रो चरण (सन् १९५६ देखि यता)

भारतमा नेपाली भाषा पठन-पाठनको पृष्ठभूमि

भारतमा नेपाली भाषा पठन-पाठनको प्रक्रिया र विस्तारक्रम

(१) पश्चिम बङ्गाल -(क) दार्जिलिङ (ख) डुवर्स

(२) असम (२) (३) मेघालय (४) सिक्किम (५) नागाल्याण्ड (६) मिजोराम (७) मणिपुर (८) उत्तर प्रदेश (९)हिमाचल प्रदेश (१०) अन्य राज्य, निष्कर्ष ।

भारतमा नेपाली भाषा पठन-पाठनमा पारसमणि प्रधानले गरेका योगदान – भाषा, व्याकरण र कोशसम्बन्धी पारसमणि प्रधानका कृतिहरू – पृष्ठभूमि, भाषाः नेपाली भाषाको उत्पत्ति र विकास (सन् १९६५), नेपाली साहित्यको साउँ अक्षर (सन् १९६९), नेपाली भाषा र साहित्यको विवरण (सन् १९७०), अ सर्ट हिस्ट्री अफ नेपाली ल्याङ्गवेज एण़्ड लिटरेचर (सन् १९७०), आठौं अनुसूचीमा नेपाली भाषा (सन् १९७२) ।

व्याकरण –

नेपाली व्याकरण (सन् १९२०), सजिलो नेपाली व्याकरण (सन् १९३२), नेपाली व्याकरण भारती (सन् १९५५), प्रवेशिका नेपाली व्याकरण र रचना (सन् १९५५), माध्यमिक नेपाली व्याकरण (सन् १९६९), भाषा प्रवेश नेपाली व्याकरण (सन् १९६७० ), नेपाली लखाइमा एकरुपता (सन १९८१)।

कोश –

स्टुडेण्टस स्ट्याण्डर्ड डिक्शनरी (१९४८), न्यू स्ट्याण्डर्ड पाकेट डिक्शनरी (१९६१). नेपाली पारिभाषिक कोश (सन् १९५२), ठूलो नेपाली – नेपाली -अङ्ग्रेजी कोश (सन् १९८३), नेपाली चल्ती उखान (सन् १९५४), नेपाली मुहावरा (सन् १९५४), निष्कर्ष ।

४. चौथो अध्याय :

नेपाली साहित्यको विकासमा पारसमणि प्रधानको योगदान

पहिलो चरण (१९१६-२२), दोस्रो चरण (१९२३-१९५७), तेस्रो चरण (१९५५-१९८५) ।

नपाली नाट्य परम्परामा र पारसमणि प्रधानको नेपाली नाट्यजगतमा प्रवेश

बालोपयोगी साहित्य एवम् पाठ्यपुस्तक लेखन

भारतमा नेपाली बालोपयोगी साहित्य एवम् पाठ्यपुस्तकको लेखनको परम्परा, पारसमणि प्रधानको बालोपयोगी साहित्य-पाठ्यपुस्तकहरूको परिचय र विश्लेषण, निष्कर्ष ।

जीवनी र आत्मकथाः

जीवनी र आत्मकथाको स्वरुप र विशेषता, पारसमणिको जीवन र आत्मकथा कृतिहरूको परिचय र विश्लेषण, संस्र्मरणात्मक कृतिहरूको परिचय र विश्लेषण ।

कथाः पारसममणिका कथाहरूको परिचय र चर्चा,

सम्पादनः पारसमणिले सम्पादन गरेका पत्र-पत्रिका र पुस्तक-पुस्तिका आदिको परिचय र परिशीलन, पारसमणि प्रधानको सम्पादनकारिता, निष्कर्ष ।

अनुवादः पारसमणिका अनुवाद कृति परिचय र उनको अनुवादकलाको विश्लेषण

पाचौं अध्यायः

भारतमा नेपाली भाषा र साहित्यको उत्थानमा पारसमणि प्रधानले गरेको योगदानको मूल्याङ्कन: भाषाको विकास पारसमणि प्रधानले गरेको योगदानको मूल्याङ्कन :

छैटौं अध्याय :

उपसंहार र निष्कर्ष

परिशिष्ट – १

पारसमणि प्रधानका केही अप्रकाशित रचना र दस्तावेज

परिशिष्ट – २

पारसमणि प्रधानका प्रकाशित पुस्तक-पुस्तिकादिको सूची

सन्दर्भ – ग्रन्थ विवरण ।

नेपाली भाषा-साहित्य तथा शिक्षणका पुरोधा डा. जस योञ्जन ‘प्यासी-‘ले अध्ययन सुविधाका निम्ति शोध ग्रन्थलाई दस्तावेज ६ अध्यायमा विभाजन गरेर पारसमणि प्रधानको नालीबेली प्रस्तुत गरेको पाइन्छ । पारसमणि प्रधानका कृति लगायत कृतिहरूको समेत विश्लेषणात्मक र मूल्याङ्कन गरेका छन् ।

प्रस्तुत शोध ग्रन्थमा शोधार्थी डा. जस योञ्जन ‘प्यासी-ले निज ज्ञान, विवेकको माध्यमले तथ्यहरू सङ्कलन गरी सूक्षमग्राही तथा विवेचक बुद्धिद्वारा तिनको अवलोकन-विश्लेषण गरी नयाँ तथ्य या सिद्धान्त उदघाटन गरेका देखिन्छ । रेडम्यान र मोरीले The Romance of Research ग्रन्थमा शोधको अर्थ स्पष्ट पार्दै नयाँ ज्ञानप्राप्तिको व्यवस्थित प्रयत्नलाई नै शोध ठहराएका छन् । सोही अनुरुप यस शोध ग्रन्थमा डा. ‘प्यासी’को प्रयत्न पनि व्यवस्थित देखिएको छ ।

अवलोकित सामग्रीहरूलाई सम्भावित वर्गीकरण, साधारणीकरण तथा एवम् सत्यापन प्रतिष्ठा गर्नु नै शोधको मूल उद्देश्य हो भन्ने लुण्डबर्गको भनाइ देखिन्छ । यस ग्रन्थमा सम्भावित विषय, तथ्य आदिलाई आवश्यकता अनुसार वर्गीकरम, साधारणीकरण लगायत सत्यापन प्रतिष्ठा गरिएको पाइन्छ ।

डा. जस योञ्जन ‘प्यासी’-को पारसमणि प्रधान -अध्ययन र अनुसन्धान’ शोध ग्रन्थको संशोधित ग्रन्थको प्रकाशित रुप हो । यस ग्रन्थलाई साङ्गोपाङ्ग अध्ययन गर्दा डा. ‘प्यासी’ले प्रासङ्गिक तथ्य सङ्कलन गर्नाको साथै विवेकपूर्ण विश्लेषण अनि अध्ययनले ग्रन्थलाई प्राज्ञिक ग्रन्थको रुपमा प्रस्तुत गरेको पाइन्छ ।

साहित्यका विद्यार्थी, शोधार्थी, साहित्यबारे रुचि राख्ने सबैका निमित्त यो ग्रन्थ सङ्गहणीय, अनुकरणीय, पठनीय र मननीय देखिन्छ । यस ग्रन्थको ६ वटै अध्यायको विस्तृत रुपमा व्याख्या-विश्लेषण गर्ने योजना भएकोले यसबारेको प्रसङ्ग यहीँ टुङ्ग्याइऩ्छ ।

ग्रन्थको आवरण- आवरण साधारण छ । यस ग्रन्थमा कुनै चित्रकारको कुचीको स्पर्श छैन । यसको पृष्ठभूमि निक्खुर कालो…पारसमणि प्रधानको कोट पनि कालो । कालो रङ (मसी? ) त्रासदीको सूचक हो । दुःख, पीड़ाको सूचक पनि । यस अर्थमा ग्रन्थको आवरणको पृष्ठभूमिको कालो रङले पारसमणि नेपाली साहित्यमा नहुनु साहित्यको ठूलो खति हो । तर उनको दौरा र शीरको टोपी सेतो देखाइएको छ । पारसमणि सरलाई कति मननपराउनेहरू पनि थिए । उनले मदन पुरस्कार पाउँने गाइँगुइँ हुँदा विरोध गर्ने एक-दुइजना भारतकै साहित्यकारहरू पनि थिए । ती सबै काला रङ्का प्रतीक हुन् । कोटभित्रको सेता दौरा सुरुवाले तमाम् भारतीय साहित्यकारहरूका मुटुको धुकधुकीमा, मुटुको सिरानमा पारसमणि सर सेतो गुलाफ झैं ढकमक्क फुलेका छन् भन्ने सङ्केत दिएको बुझिन्छ र प्रस्तुत ग्रन्थको आवरण सार्थक देखिन्छ ।

कृतिको नाम पारसमणि प्रधान : अध्ययन अनुसन्धान

विधा संशोधित शोध ग्रन्थ

ग्रन्थकार डा. जस योञ्जन ‘प्यासी

पहिलो प्रकाशन सन् २०२०

प्रकाशन खेम सापकोटा

                    ऩई इण्डिया प्रकाशन.

                    दुर्गागढ़ी,

                    सिलिगुड़ीको पक्षमा मनमाया प्रकाशन ।

सहयोग राशि पाँच सय रुपियाँ

मुद्रण ग्राफिक प्रिण्टर्स, दुर्गागढ़ी

                    दार्जिलिङ मोड़, सिलिगुढ़ी - ३ ।

XXXXX

प्रकाशन खेम सापकोटा

सहयोग राशि पाँच सय रुपियाँ

मुद्रण ग्राफिक प्रिण्टर्स, दुर्गागढ़ी

सुरेन उप्रेति पाँचथर हाल एडमण्टन क्यानडा 

प्रतिक्रिया