जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा स्वागत एवं भेटघाट 

इनेप्लिज २०७९ चैत २३ गते २१:१५ मा प्रकाशित

५ अप्रील २०२३, उडसाईड न्युयोर्क:

आज जिपी कोईराला फाउन्डेशनको कार्यालय उडसाईड न्युयोर्कमा जिपी कोईराला फाउन्डेशन धनुषाका पुर्व संयोजक एवं हाल नेपाल सरकार मन्त्रीस्तरीय निर्णय अनुसार अमेरिकास्थित क्यालीफोर्नीया राज्यका लागी पर्यटन सद्भावना दुत (Tourism Goodwill Ambassador) को रूपमा कार्यरत श्री विजय चौधरी एवं फाउन्डेशनका पदाधिकारीहरू बीच सौहार्दपूर्ण भेटघाट एवं छलफल भयो।

चौधरीलाई फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरेले स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री र ध्रुव कुँवर क्षेत्री एंव फिप्नाका सभामुख शुवर्ण शाक्यको उपस्थिती रहेको थियो।सो अवसरमा स्वागत गर्दै अध्यक्ष सोमनाथ घिमीरेले वहाँले नेपालमा रहँदा फाउन्डेशनमा खेलेको भुमीका अत्यन्त प्रशंसनीय रहेको र अमेरिकामा पनी समाजसेवी भै नेपाल र नेपालीलाई चिनाउन अहं भुमिका खेल्दै आउनुभएकोमा हामी सबै नेपाली हर्षित एवं गौरवान्वित छौं र आगामी दिनहरूमा जिपी कोईराला फाउन्डेशन सँग सहकार्य गर्दै लम्किनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।चौधरीले आफु फाउन्डेशन अमेरिकाको कार्यालयमा प्रवेश गर्दा आफ्नै घर आएको महशुस गरेको र आफु जहाँरहे पनी नेपाल र नेपालीको पहिचान एवं भलाई र उन्नतीमा सदा लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

श्री विजय चौधरी राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धि अनुभव प्राप्त गरेको व्यक्त्तित्व हुनुहुन्छ भने सन २०१९ देखि हाल सम्म अमेरिकाको क्यालिफोर्निया राज्यलाई कर्मभूमी बनाई बस्दै आएको प्रवासी नेपाली हुनुका साथै ANTA-Association of Nepali Teraian in America का अन्तर्राष्ट्रिय उपाध्यक्ष र Fremont Sagarmatha International Lions Club California को President हुनुहुन्छ।

प्रतिक्रिया