अभियोग लगाईए पछि ट्रम्प आगामी मंगलबार दिउँसो न्यूयोर्कको म्यानह्याटनको अदालतमा उपस्थित हुने

इनेप्लिज २०७९ चैत १७ गते १६:५३ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी मॅगलवार दिउसो २:१५ बजे म्यानह्याटनको फौजदारी अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको यस विषयमा जानकारी भएका दुई स्रोतले सीएनएनलाई बताएका छन ।

ट्रम्पको उपस्थितिको योजनामा ​​संलग्न अधिकारीहरूले पूर्व राष्ट्रपति उपस्थित हुने अपेक्षा गरिएको समयमा अदालतमा अन्य सबै मुद्दा गतिविधिहरू रोक्ने विचार गरिरहेका सिएनएनले जनाएको छ । 

मंगलबार दिउँसो अदालतमा अन्य सबै मामिलाहरू स्थगित गर्दा सुरक्षाको कारणले भवनमा भिड कम हुने श्रोतले जानकारी गराएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया