पुटिन आणविक उर्जा केन्द्रको उद्घाटनका लागि अप्रिल २७ मा टर्की भ्रमण गर्न सक्ने : टर्की राष्ट्रपति

इनेप्लिज २०७९ चैत १५ गते २३:५१ मा प्रकाशित

टर्कीका राष्ट्रपतिले पुटिनले आणविक उर्जा केन्द्रको उद्घाटनका लागि अप्रिल २७ मा टर्की भ्रमण गर्न सक्ने बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको पहिलो आणविक उर्जा केन्द्रको उद्घाटनका लागि अप्रिल २७ मा टर्कीको भ्रमण गर्न सक्ने राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार बताएका छन् ।

टर्कीको पहिलो आणविक ऊर्जा कारखाना अक्कुयु रुसको राज्य परमाणु ऊर्जा सँस्था (कम्पनी) रोसाटोमले निर्माण गर्नेछ।

टर्कीको निजी संचार माध्यम एटिभीसँगको अन्तर्वार्तामा एर्दोगानले भने, “२७ (अप्रिल) मा, पुटिन आउने सम्भावना छ, वा हामीसँग जडान गर्न साङ्गणिक (अनलाइन) प्रणाली हुनेछ।”

प्रतिक्रिया