अमेरिकाको मिलवाकीका एक १२ वर्षीय बालकले बन्दुक चोर्न एक व्यक्तिको हत्या गरेकोमा पक्राउ र अभियोग

इनेप्लिज २०७९ चैत १५ गते २२:४४ मा प्रकाशित

अमेरिकाको विस्कनसिन राज्यको मिलवाकीमा एक १२ वर्षीय केटालाई बन्दुक चोर्नको लागि एक व्यक्तिको हत्या गरेको आरोपमा प्रथम श्रेणीको जानाजानी हत्या गरेको आरोप लगाइएको छ ।

अदालतको कागजात अनुसार आफ्नो उमेरका कारण नाम नखुलाईएको बालकले मार्च १५ मा मिलवाकीको घरभित्र ३४ वर्षीय ब्रान्डन फेल्टनलाई गोली हानेको आरोप लगाइएको छ । फेल्टनले बच्चालाई हतियार बेच्न अस्वीकार गरेको प्रहरीले जनाएका छन् ।

यदि दोषी ठहरियो भने बच्चालाई आजीवन कारावासको सजाय हुनेछ। आपराधिक उजुरी अनुसार हत्या भएको राती पिज्जा रसीद फेला परेपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएका थिए ।

बच्चाले हत्याको समयमा घरमा रहेको स्वीकार गर्नु अघि प्रहरीलाई धेरै झुटा बयान दिएका थिए । तर उनले भिडियो गेम ( अङ्कियदृश्य खेल )खेल्न त्यहाँ आएको र हत्याको दोष अरू कसैलाई लगाएका अनुसन्धानकर्ताहरूले बताए ।

सोमबार प्रारम्भिक अदालतमा उपस्थित हुँदा बच्चाको १ लाख डलर धरौटी राखिएको छ भने अदालतको अभिलेख अनुसार प्रारम्भिक सुनुवाइ अप्रिल ४ मा हुने छ।

प्रतिक्रिया